प्याक्टद्वारा साताव्यापी तालिम आयोजना

PACT newsकाठमाण्डौं । २५ पुस : व्यवसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) ले मध्यमाञ्चल विकास क्षेत्रका १९ जिल्लाका जिल्ला कृषि विकास कार्याल तथा जिल्ला पशुसेवा कार्यालयमा कार्यरत आफ्ना सम्पर्क व्यक्ति (फोकल पर्सन) हरुका लागि ६ दिने तालिम आयोजना गरेको छ । तालिम पुस २४ गते सम्पन्न भएको आयोजनाले जनाएको छ । तालिम आयोजनाको क्षेत्रीय कार्यालय आयोजना कार्यान्वयन सहयोग समूहको कार्यालयले सञ्चालन गरेको हो ।

दुई भागमा विभाजित तालिमको पहिलो चरण उपआयोजनाहरुको अनुगमन तथा मूल्यांकन र प्रतिवेदन लेखनमा केन्द्रीत गरिएको थियो । पहिलो दिनको तालिमपछि सहभागीहरुलाई काठमाडौं र ललितपुरमा प्याक्टको पूरक अनुदानमा सञ्चालित उपआयोजनाहरुको स्थलगत भ्रमण गराई ती उपआयोजनाका गतिविधिको अनुगमन गर्ने व्यवस्था मिलाइएको थियो । अनुगमन गरिएका संस्थाहरु, बल्खुस्थित सूर्यकमल प्रालि , ललितपुरको थेचोस्थित प्रतिभा हुउद्देश्यीय सहकारी संस्था लिमिटेड तथा पाटन औद्योगिक क्षेत्रस्थित शक्ति फूड प्रालि रहेको आयोजनाले जनाएको छ । सूर्यकमलले तरकारीको बजारीकरण, प्रतिभा सहकारीले मासु तथा मासुजन्य पदार्थको उत्पादन तथा बजारीकरण तथा शक्ति फूडले दुगधजन्य पदार्थ आइसक्रिमको उत्पादन तथा बजारीकरण उपआयोजनाहरु सञ्चालन गर्दैआएका छन् । सूर्यकमलले सञ्चालन गरेको उपआयोजना भर्खरै सम्पन्न भएको छ भने शक्ति फूडले दोस्रो किस्ताको तयारी गरेको छ । प्रतिभाले भने आयोजनाले प्रदान गर्ने पूरक अनुदानको पहिलो किस्ताको रकम लैजाने तयारी गरेको तालिम आयोजकहरुले बताए । आयोजना प्रदान गरिने पूरक अनुदान दुई देखि चार किस्तामा प्रदान गरिन्छ । सहभागीहरुले तीनैवटा संस्थाले प्याक्टको पूरक अनुदानमा सञ्चालन गरेका उपआयोजनाहरु दिगोरुुपमा सञ्चालन हुने लक्षण देखिएको प्रतिक्रिया दिए ।

दोस्रो चरणको तालिम मूल्यशृंखला विकाससँंग सम्वद्ध थियो । तालिमका सहभागीहरुले २ समूहमा विभाजन भई कफी तथा याक चिजको मुल्यशृंखला अध्ययन गरी निचोड प्रस्तुत गरेका थिए । तीमध्ये एक समूहले गरेको सानो अध्ययनमा रसुवामा उत्पादित याक चिज काठमाडौंको बजारसम्म आइपुग्दा एक हजार रुपैयाँ मूल्य पर्ने तथा उक्त चिज बजारमा साढे १२ सयमा बिक्री हुने निचोड निकालेको थियो ।
तालिमको समापन गर्दै आयोजना निर्देशक डा. इन्द्रकान्त झाले सहभागीहरुलाई प्रमाण पत्र प्रदान गर्नुभयो । उहाँले सहभागीहरुले उठाएका आयोजनासँंग सम्बद्ध प्रश्नहरुको जवाफ पनि दिनुभएको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter