राष्ट्रघात हुने माग पूरा हुनै सक्दैन ः उपप्रम रावल
January 12, 2016 | 8:25 pm    

नेपालगन्ज, २८ पुस । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री भीमबहादुर रावलले संविधानले अधिकार दिएन भन्नेहरु नेपाली जनताका हितैषी हुन नसक्ने बताउनुभएको छ ।
आज यहाँ आयोजित नेकपा (एमाले) भेरी–कर्णाली अञ्चलस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “आफुलाई मधेसका मसीहा र नेता भन्नेले संविधानप्रति जनतामा भ्रम छरेका छन्, मुलुकलाई द्वन्द्वको दिशामा लाने प्रपन्च गरेका छन् ।”
जातीयताका आधारमा प्रदेश निर्माण गर्नुपर्छ, आत्मनिर्णयको अधिकार दिनुपर्छ, सेनामा एक समुदायको समूहगत प्रवेश हुनुपर्छ भन्ने माग राष्ट्रघात गर्ने सोचबाट प्रभावित छ, यो माग कदापी पूरा हुँदैन’—उहाँले भन्नुभयो ।
नेकपा (एमाले)का उपाध्यक्षसमेत रहनुभएका मन्त्री रावलले सम्पूर्ण नेपाली जनतालाई समान अधिकार दिएर जनताका प्रतिनिधिले बनाएको संविधानले मधेसी समुदायलाई विभेद ग¥यो भन्नु मधेसमा जमिन्दारी प्रथा कायम राख्ने मधेसी मोर्चाका नेताहरुको बठ्याई मात्र हो भन्नुभयो । रासस