छ सय किसानको चिया जैविक प्रमाणीकरण

 tea

 

इलाम, । इलामको साँखेजुङमा रहेको हिमालयन साङ्ग्रिला टि प्रोड्युसर्स प्रालिमा आबद्ध ९०० किसानमध्ये ५९७ जना किसानको चिया जैविक (अग्र्यानिक) प्रमाणीकरण भएको छ ।

कारखानामा आबद्ध आठ वटा चिया सहकारी र तीन वटा साना किसान चिया समूहका किसानका उत्पादनलाई नेसनल एसोसिएसन सस्टेनेबल एग्रिकल्चर (नासा) अस्ट्रेलियाले जैविक प्रमाणित गरिदिएको हो ।

जैविक प्रमाणित भएपछि युरोपका बजारमा बिक्री गर्न पाइने कारखानाले जनाएको छ । जैविक प्रमाणीकरण गरिएका किसानलाई नासाले प्रमाणपत्रसमेत उपलब्ध गराइसकेको छ ।

नासाले बाँकी ३०० किसानको चियासमेत प्रमाणीकरण गर्न प्रक्रिया अघि बढाएको हिमालयन साङ्ग्रिलाका व्यवस्थापक आरसी नेपालले जानकारी दिनुभयो ।

माईपोखरी, साँखेजुङ, सुम्बेक, सुलुबुङ, मङ्गलबारे, शान्तिडाँडा र चमैता गाविसका किसानको ३२६ हेक्टर क्षेत्रफलमा लगाएको चिया जैविक प्रमाणीकरण गरिएको हो ।

जैविक प्रमाणित चियाको मूल्यसमेत कारखानाले अन्यको भन्दा बढी दिँदै आएको छ । जैविक प्रमाणित भएका किसानलाई प्रतिकिलो रु ५० दिँदै आएको छ ।

आगामी दुई वर्षभित्र सबै किसानको चिया जैविक प्रमाणित गरेपछि कारखानाले पूर्णरूपमा जैविक प्रमाणित चिया मात्र प्रशोधन गर्ने जनाएको छ । विश्व बजारमा नेपाली चियाको बिक्री र बजारीकरणका लागि जैविक प्रमाणीकरण अनिवार्य मानिएको छ । किसानले रासायनिक मल प्रयोग गर्न छाडेको तीन वर्षमा जैविक प्रमाणित गर्ने काम भइआएको छ । विसं २०६६ देखि किसानलाई यो अभियान सुरू गरिएको हो ।

कारखानाले यस वर्ष जैविक प्रमाणित पाँच लाख किलो हरियोपत्ती प्रशोधन गरी एक लाख १० हजार तयारी चिया उत्पादन गरेको छ । उत्पादित तयारी चियामध्ये ७५ प्रतिशत भारतका विभिन्न सहरमा र बाँकी २५ प्रतिशत जर्मनी निर्यात हुने गरेको व्यवस्थापक नेपालले जानकारी दिनुभयो ।

यस वर्ष पनि २३ हजार किलो तयारी जैविक चिया जर्मन निर्यात भएको कारखानाले जनाएको छ । जैविक चियापत्तीको मूल्य तुलनात्मक रूपमा रासायनिक मल हालेको चियाभन्दा बढी हुन्छ ।

जैविक चिया उत्पादन गर्दा किसान र कारखाना दुवैलाई फाइदा हुने भएकाले यहाँका धेरै किसान जैविक चियातर्फ उन्मुख भएका छन् । रासस

Related News

खुला विश्वविद्यालयको आगमनले उच्च शिक्षामा प्रविधि र पहुँच बढ्ने

  (प्रकाश सिलवाल) काठमाडौँ, १६ असार । दुई दशकअघिदेखि चलेको खुला विश्वविद्यालय स्थापनाको बहस आज व्यवस्थापिका–संसद्ले सोसम्बन्धी विधेयक पारित गरेसँगै…

बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का

    बैतडी, १६ असार । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का महसुस भएको छ । भूकम्प…

Comments are closed

TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter