विद्यालय भवनका लागि रु १६ करोड

 school room

 

बैतडी, । जिल्ला शिक्षा कार्यालय बैतडीले यो वर्ष करिब रु १६ करोड खर्चेर विद्यालय भवन निर्माण तथा पुनःनिर्माण गर्ने भएको छ ।

शिक्षा विभागबाट प्राप्त अनुदानका आधारमा जिल्लामा आठ कोठे पाँच वटा, छ कोठे पाँच वटा, चार कोठे आठ वटा, तीन कोठे २१ वटा, दुई कोठे १२ वटा र छात्रा शौचालय १२ वटा निर्माण हुने जिशिका बैतडीले जनाएको छ ।

भूकम्पबाट सामान्य क्षति भएका १४२ र अधिक क्षति भएका ५५ विद्यालयको मर्मत गरिने छ । कक्षाकोठा पुनःस्थापनाअन्तर्गत १३ विद्यालयमा निर्माणको काम हुने निमित्त जिल्ला शिक्षा अधिकारी शङ्करदत्त भट्टले बताउनुभयो । उहाँले भन्नुभयो – “बाह्य वातावरणअन्तर्गत ३८ वटा विद्यालयमा सहयोग गरिनेछ ।”

आठ कोठे, छ कोठे र चार कोठे भवन निर्माणका लागि दुई वर्षको अवधि तोकिएको छ भने बाँकी चालु आवभित्र नै सम्पन्न गर्नुपर्ने प्रावधान रहेको छ । आठ कोठे भवन निर्माणका लागि प्रति भवन ६४ लाख लागत रहेको र यो वर्ष रु २४ लाख निकासा हुनेछ । छकोठे भवनका लागि रु ४८ लाख लागत रहेको छ । यो वर्ष १८ लाख निकासा हुने बताइएको छ ।

यस्तै, चार कोठे भवनका लागि रु ३२ लाख लागत रहेको र यो वर्ष १८ लाख निकासा हुने छ । जिल्लामा विद्यालयमा भौतिक पूर्वाधार निर्माणका लागि विद्यालयको छनोट भइसकेको निमित्त जिल्ला शिक्षा अधिकारी भट्टको भनाइ छ । शिक्षा विभागले नै भवन निर्माणका लागि निर्देशिका तयार पारेको र सोहीअनुसार विद्यालय छनोट गरिएको छ । गएको पाँच वर्षयता भौतिक पूर्वाधार निर्माण नभएका, एसएलसीमा नतिजा राम्रो आएका, शैक्षिक उपलब्धि राम्रो भएका, छात्रछात्राको सङ्ख्याका आधारमा विद्यालय छनोट गरिएको उहाँले बताउनुभयो । रासस

Related News

खुला विश्वविद्यालयको आगमनले उच्च शिक्षामा प्रविधि र पहुँच बढ्ने

  (प्रकाश सिलवाल) काठमाडौँ, १६ असार । दुई दशकअघिदेखि चलेको खुला विश्वविद्यालय स्थापनाको बहस आज व्यवस्थापिका–संसद्ले सोसम्बन्धी विधेयक पारित गरेसँगै…

बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का

    बैतडी, १६ असार । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का महसुस भएको छ । भूकम्प…

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter