युवा खेलाडीलाइ प्रोत्साहन गर्नुपर्छः उपराष्ट्रपति पुन
January 31, 2016 | 9:46 pm    
चौतारा, १७ माघ । उपराष्ट्रपति नन्दबहादुर पुनले खेलकुदले अनुशासन र आत्मबल बढाउनुका साथै अन्तर्राष्ट्रियस्तरमा नेपाललाइ चिनाउने काम गरेकाले युवा खेलाडीलाइ प्रोत्साहन गर्नुपर्ने बताउनुभएको छ ।
विश्व तेक्वान्दो महासङ्घको तत्वाबधानमा नेपाल तेक्वान्दो सङ्घ तथा सिन्धुपाल्चोक तेक्वान्दो सङ्घको संयुक्त आयोजनामा भूकम्पपीडित तेक्वान्दो खेलाडी बालबालिकालाई सहयोग र विभिन्न प्रशिक्षण तथा तालिमको आज सिन्धुपाल्चोकको खाडीचौरमा उद्घाटन गर्दै उपराष्ट्रपति पुनले भारतको नाकाबन्दीले देश आक्रान्त भएको जटिल परिस्थितिमा पनि खेलको आयोजना गरी राम्रो काम गरेको उल्लेख गर्दै विश्व तेक्वान्दो खेल मञ्चमा पदक जित्न सफल हुनेगरी सिन्धुपाल्चोकबाट खेलाडी उत्पादन हुनुपर्ने बताउनुभयो । रासस