‘अबको बीस वर्ष ऊर्जा उत्पादन दशक’ उपप्रधानमन्त्री टोपबहादुर रायमाझी
February 4, 2016 | 10:10 pm    

पोखरा, २१ माघ । उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले अबको दुई दशकलाई ऊर्जा उत्पादन दशकका रुपमा लिएर पहिलो दशकमा १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ सरकार अघि बढ्ने बताउनुभएको छ ।
रामबजारस्थित कालिका उमाविको स्वर्ण महोत्सव समापन समारोहलाई आज सम्बोधन गर्दै ऊर्जामन्त्री रायमाझीले देशलाई ऊर्जा सङ्कटकाल घोषणा गरेर अबको पाँच वर्षमा विद्युत् उत्पादन तीव्र गतिमा अघि बढाइने आश्वासन दिनुभयो ।
‘घर घरमा बिजुली जनजनमा सेयर’ मूल नाराका साथ जलविद्युत्का बाँकी आयोजनालाई विशेष प्राथमिकताका साथ अघि बढाइने बताउँदै उहाँले सरकार, निजी क्षेत्र र ठूला कम्पनीबाट विद्युत् उत्पादनमा ठूलो लगानी गरिने जिकिर गर्नुभयो । भूकम्प, नाकाबन्दी र मधेसी मोर्चाको आन्दोलनका कारण रोकिएका सबै आयोजना सञ्चालन भएको बताउँदै उहाँले अब इन्धन र ग्यासको अभावमा सञ्चालन भएका आयोजनाको काम नरोकिने विश्वास दिलाउनुभयो । ढिलासुस्तीले १०६ वर्षमा जम्मा ३०० मेगावाट मात्रै विद्युत् उत्पादन गरिएकाले अहिले नेपालीले चर्को विद्युत्भार कटौतीको मार खेप्नुपरेको बताउँदै उहाँले नदीमा पानी सुक्दै गएकाले अभैm केही समय विद्युत्भार कटौती बढ्न सक्छ तर विद्युत्भार कटौती घट्न सुरु भएपछि घट्दै जान्छ, बढ्दैन भन्नुभयो । रासस