दुई घण्टा पैदल हिँडेर विद्यालय जान्छन्, लाप्राकका विद्यार्थी

nepali stu

 

(प्रशन्न पोखरेल)

लाप्राक (गोरखा), । लाप्राककी लीना गुरुङ दिनहुँ दुई घन्टा हिँडेर विद्यालयमा पढ्न पुग्नुहुन्छ । बेलुकी ४ बजेपछि घर फर्कन फेरि उहाँलाई डेढ घन्टा ओरालो हिँड्नुपर्छ । गुप्सीपाखामा खुलेको मणिकामदेवी माध्यमिक विद्यालयमा पढ्न गुरुङलाई मात्रै होइन लाप्राकको पुरानो गाउँमा बसोबास गर्दै आएका ३०० विद्यार्थीलाई समस्या छ ।

कक्षा ४ मा पढ्दै आउनुभएकी गुरुङ दिनहुँ उकालो–ओरालो गर्नुपर्दा हैरान हुनुहुन्छ । घरमा पढ्न र गृहकार्य गर्न नपाउँदा पढाइ बिग्रेको उहाँको गुनासो छ । कक्षा ८ मा पढ्दै आउनुभएकी अर्की छात्रा अनिशा गुरुङ पनि उकालो र ओरालो हिँड्नुपर्दा समय खर्च भएको र पढ्न नपाएकामा दुःखी हुनुहुन्छ । “दश बजे स्कुल पुग्न ८ बजे नै खाना खाएर घरबाट निस्कनुपर्छ,” गुरुङले भन्नुभयो – “धेरै हिँड्नुपर्दा गोडा दुख्छ, असिनापसिना हुँदा दिनभर पढाइमा ध्यान लगाउन सकिँदैन ।” भूकम्पपछि लाप्राक गाउँबाट विस्थापित भएका गाउँले पुरानै लाप्राक गाउँ फर्केपछि विद्यार्थीलाई सास्ती थपिएको हो ।

यसअघि १५ मिनेट हिँडेर विद्यालय पढ्दै आएका विद्यार्थी कम्तीमा दिनहुँ दुई घन्टा हिँड्नुपर्दा हैरान छन् । “पहिलेकै ठाउँमा, गाउँमै विद्यालय बनाउप¥यो,” कक्षा ९ मा पढ्दै आउनुुभएका छात्र हरिप्रसाद गुरुङले भन्नुभयो – “गुप्सी जान–आउनै गाह्रो । चिसोले दिनभर पढ्न पनि पाइँदैन ।” गुप्सीपाखामा अस्थायी टहरो बनाएर विद्यालय सञ्चालन गरिएको छ । हिमपात, चिसो स्याँठले भूकम्पपीडित बिरामी पर्न सुरु भएपछि अहिले गाउँले धमाधम बेंसी झरेका छन् । यसले गर्दा विद्यार्थीको पठनपाठनमा समस्या देखिएको छ ।

केही विद्यार्थी भने आमाबाबुसँग गुप्सीपाखामै बस्दै आएका छन् । गुप्सीपाखाको टहरोदेखि विद्यालय पुग्न बढीमा पाँच मिनेट हिँड्नुपर्छ । भूकम्पपीडितको अस्थायी शिविरनजिक विद्यालय स्थापना गरेर पठनपाठन सुरु गरिएको हो । अहिले भूकम्पपीडित पुरानै गाउँ फर्किएपछि गुप्सीपाखामा साना उमेरका विद्यार्थी पढ्न आउन सकेका छैनन् । प्राथमिक तहमा अध्ययन गर्दै आएका विद्यार्थी गुप्सीपाखा आइपुग्न धेरै समय लाग्ने अभिभावक हरिराम गुरुङले बताउनुभयो ।

“तीन कक्षासम्मका विद्यार्थी जेनतेन स्कुल गएका छन्,” उहाँले भन्नुभयो – “ एक र दुई कक्षाका विद्यार्थीलाई आमाबाबु पु¥याउन जानुपर्छ । सधँै छोराछोरी बोकेर विद्यालय पु¥याउन सम्भव देखिँदैन ।” हावाहुरी, पानी र हिमपात भएका बेला विद्यार्थीले कष्ट झेल्नु परेको बताउँदै उहाँले उपयुक्त ठाउँमा विद्यालय सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । सरकारले व्यवस्थित र एकीकृत बस्ती विकास गर्ने भन्दै गुप्सीपाखा लाप्राकीलाई दिने मन्त्रिपरिषद्बाट निर्णय गरिसकेको छ ।  रासस

Related News

खुला विश्वविद्यालयको आगमनले उच्च शिक्षामा प्रविधि र पहुँच बढ्ने

  (प्रकाश सिलवाल) काठमाडौँ, १६ असार । दुई दशकअघिदेखि चलेको खुला विश्वविद्यालय स्थापनाको बहस आज व्यवस्थापिका–संसद्ले सोसम्बन्धी विधेयक पारित गरेसँगै…

बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का

    बैतडी, १६ असार । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का महसुस भएको छ । भूकम्प…

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter