सामूहिक कृषि उत्पादनमा जुट्यो काँडेवास

Vegetable farming Nepal

 

बलेवा (बागलुङ), । जिल्लाको काँडेवासका किसान सामूहिक कृषि उत्पादनमा जुटेका छन् ।

विभिन्न समूहमा आबद्ध यहाँका किसान विभिन्न पेसामा व्यावसायिक बन्न थालेका हुन् । काँडेवास गाविसमा मात्रै पछिल्लो दुई वर्षको अवधिमा करिब रु ५० लाखको लगानीमा सामूहिक कृषि तथा पशुपालन फर्म सञ्चालन गरिएको छ । समूहमा आबद्ध भएर काम गर्दा लगानी जुटाउन सजिलो हुने कृषकले बताएका छन् ।

समूहमा आबद्ध भएर काम गर्न सजिलो हुने साथै ठूला योजना सञ्चालनका लागि लगानी जुटाउनसमेत सजिलो हुने जागृति पशुपालन तथा कृषि समूहका अध्यक्ष घनश्याम चालिसे बताउनुहुन्छ । “समूहमा आबद्ध भएर अपनत्व महसुस गर्नसके निकै लाभ हुँदो रहेछ” उहाँले भन्नुभयो ।

जागृति पशुपालन तथा कृषि समूहले काँडेवासमा गाई फर्म, बाख्रापालन, माछापालन तथा बङ्गुरपालन गरेको छ । सरकारी अनुदानले समूहमा आबद्ध भएर व्यवसाय सञ्चालन गर्न पे्ररित गरेको चालिसेको भनाइ छ । समूहले गाविसको वडा नम्बर २ चालिसेटोलामा गाईफर्म सचालन गरेको छ । करिब रु १५ लाखको लागतमा १५ वटा जर्सी तथ होलेस्टोन जातक गाई पालिएको छ ।

यस्तै वडा नम्बर–३ मा रु २० लाखको लगातमा बाख्रा फर्म, वडा नम्बर–३ कै पचुवा गैरीफाँटमा रु १२ लाखको लागतमा माछापालन तथा तरकारीखेती गरिएको छ । करिब रु १५ लाखको लागतमा समूहमार्फत नै बङ्गुरपालन गरिएको चालिसेले बताउनुभयो ।

समूहमा आबद्ध सबै १८ जना सदस्यलाई विभिन्न फर्ममा जिम्मेवारी तोकिएको छ । सञ्चालित फर्मले क्रमशः मुनाफा हुन थालेको छ । सुरुका दुई वर्ष लगानी वर्षको रुपमा रहे अब क्रमशः प्रतिफल पाउन थालेका सहकारीले जनाएको छ । सामूहिक कृषिबाट समयको बचत, लगानी जटाउन सजिलो, उत्पादन र बजारीकरणमा सहजता र सामाजिक उत्तरदायित्व जस्ता सकारात्मक प्रभाव परेको पाइएको छ ।

सहकारीमार्फत खेती किसानी गर्दा सरकारी अनुदानसमेत पाउन भएपछि किसानको थप आकर्षण बढेको छ । जिल्लाका कृषि तथा पशु विकास कार्यालयमार्फत किसानलाई अनुदान प्रदान गर्दा सामूहिकताले प्राथमिकता पाउने गरेको छ । “समूह वा सहकारीमार्फत फर्म वा व्यवसाय सञ्चालन गर्ने किसानलाई सरकारी अनुदानको दायरामा ल्याउन सजिलो हुन्छ ।” वरिष्ठ कृषि विकाश अधिकृत विनोद हमालले भन्नुभयो । रासस

Related News

खुला विश्वविद्यालयको आगमनले उच्च शिक्षामा प्रविधि र पहुँच बढ्ने

  (प्रकाश सिलवाल) काठमाडौँ, १६ असार । दुई दशकअघिदेखि चलेको खुला विश्वविद्यालय स्थापनाको बहस आज व्यवस्थापिका–संसद्ले सोसम्बन्धी विधेयक पारित गरेसँगै…

बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का

    बैतडी, १६ असार । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का महसुस भएको छ । भूकम्प…

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter