इन्धन आयात बढ्यो, बिहानैबाट बाडँ्दा सहज

KTM-petrol line

 

काठमाडौँ, २३ फागुन । नेपाल आयल निगमले आजदेखि लागू गरेको बिहानबाटै इन्धन वितरण गर्ने प्रणालीको सुरुवात गरेपछि उपभोक्ताले सहजरुपमा इन्धन प्राप्त गरेको अनुगमनको क्रममा फेला परेको छ ।

निगमले आज राजधानीका विभिन्न पेट्रोल पम्पमा गरेको अनुगमनको क्रममा बिहान ७ बजेदेखि नै इन्धन बिक्री वितरण सुरु गर्दा अन्य दिनमा भन्दा सहजरुपमा उपभोक्ताले इन्धन भर्न पाएको देखिएको हो ।

निगम प्रवक्ता मुकुन्द घिमिरेले अन्य दिनमा साँझमा मात्रै इन्धन वितरण गर्दा अनियमितता भएको र केही टाठा–बाठाले मात्रै इन्धन पाएको गुनासोको समेत अन्त्य हुने जानकारी दिनुभयो ।

उपलब्ध भएको इन्धनको सहज वितरणका लागि निगमले सबै उपाय अवलम्बन गरेको जानकारी दिँदै प्रवक्ता घिमिरेले उपभोक्ताले सहजरुपमा इन्धन प्राप्त गरुन् भन्ने निगमको मनसाय रहेको बताउनुभयो ।

हाल वीरगन्ज नाकाबाट दैनिक २२ लाख लि इन्धन आयात भएको छ । उहाँले पछिल्ला दिनदेखि केही मात्रामा ‘लोडिङ’ बढाएको र केही दिनभित्रै इन्धन आयात सामान्य अवस्थामा पुग्ने र बजार सामान्य अवस्थामा पुग्ने उल्लेख गर्नुभयो । रासससँग कुरा गर्दै प्रवक्ता घिमिरेले पछिल्लो दिनमा भारतले खाना पकाउने ग्यासको समेत लोडिङ बढाएको छ ।

दैनिक औसतरुपमा ५० बुलेट ग्यास आयात भइरहेको छ । सामान्य अवस्थामा दैनिक ६० बुलेट ग्यास आयात हुने गरेको थियो । निगमका प्रबन्ध निर्देशक गोपालबहादुर खड्काले केही दिन पहिले गर्नुभएको भारत भ्रमण र भारतका पेट्रोलियम राज्यमन्त्री धर्मेन्द्र प्रधानसँग गर्नुभएको द्विपक्षीय छलफलपछि आयात केही मात्रामा बढेको घिमिरेको भनाइ छ ।

ग्यास आयात क्रमशः बढ्दै गएको अवस्थामा आगामी १५ दिनभित्रै सहजरुपमा ग्यास वितरण गर्न सकिने उहाँको भनाइ छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशन र आपूर्ति मन्त्रालयको आवश्यक निर्णयपछि निगमले इन्धन वितरणलाई सकेसम्म सहज बनाउने प्रयास गरिरहेको जानकारी दिँदै प्रवक्ता घिमिरेले सरकारले तीन दिनको सार्वजनिक बिदामा समेत सहजरुपमा सबै पेट्रोल पम्पबाट इन्धन वितरण गर्ने उल्लेख गर्नुभयो ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको पेट्रोल पम्पबाट २४ सै घन्टा इन्धन वितरण गरिने र दिउँसोको समयमा इन्धन नपाउनेले रातिको समयमा भर्न पाउने गरी व्यवस्था गरिएको निगमको भनाइ छ । रासस

Related News

खुला विश्वविद्यालयको आगमनले उच्च शिक्षामा प्रविधि र पहुँच बढ्ने

  (प्रकाश सिलवाल) काठमाडौँ, १६ असार । दुई दशकअघिदेखि चलेको खुला विश्वविद्यालय स्थापनाको बहस आज व्यवस्थापिका–संसद्ले सोसम्बन्धी विधेयक पारित गरेसँगै…

बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का

    बैतडी, १६ असार । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का महसुस भएको छ । भूकम्प…

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter