पुनःनिर्माणमा जुटे महिला

nwpali women

 

(प्रशन्न पोखरेल)

खोप्लाङ (गोरखा) २५ फागुन । ‘गाउँ–गाउँबाट उठ बस्ती–बस्तीबाट उठ, यो देशको मुहार फेर्नलाई उठ’ चलचित्र बलिदानमा रामेशको स्वरमा सजिएको यो गीतमा जस्तै गोरखाको खोप्लाङ–९ ठूलोगैरिकी निर्जला बाठा मगर गाउँको मुहार बदल्न जुटेकी छिन् ।

गत वैशाखमा गएको विनाशकारी भूकम्पले ध्वस्त भएको आफ्नो गाउँको पुनःनिर्माणमा मगर सक्रिय भएकी हुन् ।

जिल्लास्थित घरेलु तथा साना उद्योग बिकास समितिबाट ४५ दिनको डकर्मी तालिम लिएर मगरसहित राधिका चुधारा, सविता श्रेष्ठ र निर्मला तामाङ गाउँको पुनःनिर्माणमा सक्रियरुपमा जुट्दै आएका छन् । भूकम्पले घरबारबिहीन बनाएको पीडा भुलेर गाउँका महिलाहरू ढुङ्गा, माटो र काठको जोडाइले भूकम्प प्रतिरोधी बलियो घर निर्माणमा संलग्न हुँदै आएका हुन् ।

भूकम्पले गर्दा धराप बनाएका घरका संरचना तह लगाएका उनीहरूले जग खन्नेदेखि नयाँ घर छाउनेसम्मको काम गर्दै आएका छन् । गाउँका पुरुष वैदेशिक रोजगारीमा गएपछि महिला पुनःनिर्माण अभियानमा जुटेका हुन् । स्थानीयस्तरमा पाइने सामग्रीको प्रयोगले बलियो घर बनाउन जुटेकी मगरले भनिन्, “कति टहरोमा बस्ने ? अब आफ्नो घर आफँै बनाउँछौ, अरुको घर बनाएर पैसा कमाउँछौं ।”

महिलालाई गाह्रो हुने काम गाउँका पुरुष कामदारले गर्दै आएका छन् । पोसाकलगायत आवश्यक सामग्रीको अभावले गर्दा घरको धुरीमा चढेर काम गर्न नसकिएको कामदार महिलाहरूले गुनासो गरेका छन् ।

गाउँमा ‘महिला धुरी चढ्न हुन्न’ भन्ने अन्धविश्वास हटेको बताउँदै अर्की कामदार महिला तामाङले भनिन्, “गाउँलेको घर भत्किएको छ । दुःख खेपेर टहरोमा बसेका छन् । सबैलाई घर बनाउनुपर्ने छ तर कामदार छैनन् ।”

कामदारको अभाव भएका बेला तालिम लिएका दक्ष कामदारलाई घर बनाउने जिम्मेवारी आइपरेकाले यस अवसर सदुपयोग गरेको तामाङको भनाइ छ । शीप सिकेपछि जिविकोपार्जन र छोराछोरीलाई पढाउने खर्चको जोहो भएको उनले बताइन् ।

“घरखर्च चलाउन श्रीमान्को भर पर्नुपर्दैन” उनले भनिन्, “काम गरेर कमाएको रकम घर खर्चबाट बचेको पैसा सहकारीमा बचत पनि गरेका छौँ ।” भूकम्पले गर्दा ६० गाविस र दुई नगरपालिकाभित्रका ७५ हजार घर र सामुदायिक महत्वका भवन पुनःनिर्माण गर्नुपर्ने भएकाले पुनःनिर्माण अभियानमा जुटेको महिलाहरूको भनाइ छ ।
जिल्लास्थित घरेलु तथा साना उद्योग विकास समितिले महिला कामदार उत्पादन गर्ने उद्देश्यले खोप्लाङ, आरुचनौटे, हंशपुर र सिम्जुङमा डकर्मी तालिम दिएको थियो । यी ठाउँका महिलाहरूले तालिम लिएर पुनःनिर्माणमा जुटिसकेका छन् । समितिका प्रमुख उद्योग अधिकृत गोकर्णराज जोशीले भन्नुभयो, “गाउँका छोराहरू विदेशिएका छन् । महिलाहरूलाई प्राथमिकतामा राखेर डकर्मी तालिम दियौँ । तालिम लिएका महिलाहरू सक्रिय रुपमा पुनःनिर्माणमा जुटेका छन् ।” रासस

Related News

खुला विश्वविद्यालयको आगमनले उच्च शिक्षामा प्रविधि र पहुँच बढ्ने

  (प्रकाश सिलवाल) काठमाडौँ, १६ असार । दुई दशकअघिदेखि चलेको खुला विश्वविद्यालय स्थापनाको बहस आज व्यवस्थापिका–संसद्ले सोसम्बन्धी विधेयक पारित गरेसँगै…

बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का

    बैतडी, १६ असार । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का महसुस भएको छ । भूकम्प…

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter