महिला अधिकारका लागि अहिलेको संविधान ऐतिहासिक– उपप्रधानमन्त्री थापा

kamal thapa

 

काठमाडौँ, २५ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष एवम् उपप्रधानमन्त्री कमल थापाले महिला अधिकार संरक्षणका लागि अहिलेको संविधाने ऐतिहासिक कार्य गरेको बताउनुभएको छ ।

पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक महिला सङ्गठन नेपालले १०६औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले संविधान जारी भएपछि राष्ट्रपति, उपसभामुखजस्ता गरिमामय पदमा महिलाले नेतृत्वको गर्ने अवसर प्राप्त भएको बताउनुभयो ।

परराष्ट्रमन्त्री थापाले स्थानीय निकायमा प्रत्येक वडामा दुई जना महिलाको अनिवार्य प्रतिनिधित्व गराउनुपर्ने व्यवस्था गरेकाले पनि सो सङ्गठनले महिला सशक्तीकरणका माध्यमबाट देशभरका प्रत्येक वडामा आवश्यक जनशक्ति तयार गर्नुपर्नेमा जोड दिनुभयो ।
महिला सङ्गठनका अध्यक्ष एवम् सङ्घीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री कुन्तिकुमारी शाहीले सभ्य समाज निर्माणका लागि महिलामाथि हुने विभेदको अन्त्य गर्नुपर्ने बताउँदै राज्यका नीति निर्माण तहमा महिला सहभागिता बढाउनुपर्ने सुझाव दिनुभयो । रासस

Related News

खुला विश्वविद्यालयको आगमनले उच्च शिक्षामा प्रविधि र पहुँच बढ्ने

  (प्रकाश सिलवाल) काठमाडौँ, १६ असार । दुई दशकअघिदेखि चलेको खुला विश्वविद्यालय स्थापनाको बहस आज व्यवस्थापिका–संसद्ले सोसम्बन्धी विधेयक पारित गरेसँगै…

बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का

    बैतडी, १६ असार । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का महसुस भएको छ । भूकम्प…

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter