सिरहा जिल्लालाई खुला दिसामुक्त क्षेत्र बनाउने पहल

 siraha

 

लहान, २७ फागुन । घरघरमा शौचालय निर्माण गराई सन् २०१६ भित्रै सिरहा जिल्लालाई खुला दिसामुक्त क्षेत्र घोषणाका लागि जिल्लाका सरोकारवालाले १५ बुँदे घोषणापत्र जारी गरेका छन् ।

संयुक्त मधेसी मोर्चाको ६ महिना लामो बन्द र हडतालका कारण सन् २०१५ भित्रै सिरहा जिल्लालाई खुला दिसामुक्त घोषणा गर्ने लक्ष्य पूरा नभएपछि उक्त लक्ष्य यसै वर्षभित्र पूरा गर्ने जिल्लास्थित राजनीतिक दलका प्रतिनिधि, कार्यालय प्रमुख, सञ्चारकर्मी, सङ्घसंस्थाका प्रतिनिधिले घोषणापत्रमार्फत प्रतिबद्धता जनाएका छन् ।

सन् २०१५ सम्ममा जिल्लालाई खुला दिसामुक्त घोषणा गर्ने अभियानलाई जिल्ला खानेपानी तथा सरसफाइ कार्यालय सिरहा र स्थानीय सङ्घसंस्थाले तीव्रता दिए पनि हडतालले उक्त अभियान बीचमै रोकिएकाले लक्ष्य पूरा हुन सकेको छैन ।

अभियानकै क्रममा राष्ट्रिय योजना आयोगका सहसचिव जयनारायण आचार्यको उपस्थितिमा सिरहा सदरमुकाममा सम्पन्न जिल्ला सरसफाइ सम्मेलनमा सरोकारवालाले सन् २०१६ सम्म जिल्लालाई खुला दिसामुक्त क्षेत्रका रुपमा विकास गरी घोषणा गर्ने, सरसफाइलाई सामाजिक आन्दोलनका रुपमा अगाडि बढाउन स्थानीय तहमा रहेका व्यक्ति, समूह, संस्थाबाट सम्भाव्य स्रोतको पहिचान र परिचालन गर्ने घोषणापत्रमार्फत प्रतिबद्धता जनाएका छन् ।

त्यस्तै गाविसको वार्षिक बजेटबाट वार्षिक रुपमा कम्तीमा २० प्रतिशत, नगरपालिकाबाट २० प्रतिशत र जिविसबाट २० प्रतिशत रकम सरसफाइका लागि परिचालन गर्ने, चर्पी निर्माण र प्रयोग गर्ने कार्य नितान्त व्यक्तिगत दायित्व भएकाले चर्पीमा अनुदान लिने÷दिने र त्यसका लागि पर्खेर बस्ने परिपाटीलाई गलत प्रवृत्ति घोषणा गर्ने र खुला स्थानमा दिसा गर्ने परिपाटीलाई सामाजिक अपराधका रुपमा परिभाषित गर्दै अघि बढ्ने घोषणापत्रमा प्रतिबद्धता जनाइएको छ ।

आमहडतालका कारण यातायात सञ्चालन नहुँदा शौचालय बनाउने सामग्रीको अभाव, स्थानीयवासीको सहभागितामा कमी आउनु र समन्वयकारी कार्यालय आमहडतालका कारण बन्द हुँदा खुला दिसामुक्त अभियान बीचमै रोकिए पनि बन्द खुलेसँगै पुनः खुला दिसामुक्त घोषणा अभियानले तीव्रता पाएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय सिरहाका इन्जिनियर कृष्ण साहले जानकारी दिनुभयो ।

विगत तीन वर्षदेखि जिल्लामा सञ्चालित खुला दिसामुक्त क्षेत्र घोषणा कार्यक्रम अभियानअन्तर्गत हालसाँ सिरहाको १० वटा गाविस, लहान नगरपालिकाको दुईवटा वडा र तीनवटा टोललाई खुला दिसामुक्त घोषणा गरिसकिएको इन्जिनियर साहले बताउनुभयो । सिरहाको गाढा, इटहर्वा, भोक्राहा, लगदीगडियानी, मझौलियाँ, लगदीगोठ, चतरा, औरही र हकपारा गाविस खुला दिसामुक्त गाविस घोषणा भइसकेको जिल्ला स्वच्छता समन्वय समिति सिरहाले जनाएको छ ।

यस्तै सिरहाको लहान नगरपालिकाको पड्रिया टोल र ब्रहमाण गोर्छारी टोललाई खुला दिसामुक्त गाविस घोषणा गरिसकिएको छन् । रासस

Related News

खुला विश्वविद्यालयको आगमनले उच्च शिक्षामा प्रविधि र पहुँच बढ्ने

  (प्रकाश सिलवाल) काठमाडौँ, १६ असार । दुई दशकअघिदेखि चलेको खुला विश्वविद्यालय स्थापनाको बहस आज व्यवस्थापिका–संसद्ले सोसम्बन्धी विधेयक पारित गरेसँगै…

बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का

    बैतडी, १६ असार । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का महसुस भएको छ । भूकम्प…

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter