सौर्य ऊर्जाबाट सञ्चालित डाइलोसिस सेवा प्रभावकारी

 dialysis

 

रत्ननगर (चितवन) । चितवनको रत्ननगर अस्पतालमा सौर्य ऊर्जाबाट सञ्चालित मिर्गौलाको डाइलोसिस सेवा प्रभावकारी भएको छ ।

छोटो समयमै सेवा लिने बिरामीको सङ्ख्या ३५८ पुगेको रत्ननगर अस्पतालले जनाएको छ । गत मङ्सिर १५ बाट यहाँ नेपालमै पहिलोपटक सोलारबाट डाइलोसिस सेवा सुरु भएको थियो । आज ११औँ विश्व मिर्गौैला दिवस देशका विभिन्न क्षेत्रमा विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

दिवसको सन्दर्भमा डाइलोसिस सेवाबारे जानकारी दिँदै अस्पतालले बिरामीलाई डाइलोसिसका लागि अन्यत्र नजान सुझाव दिएको छ । यो तीन महिनाको अवधिमा ३५८ जनाले सेवा लिए, बिरामीको सेवा गर्दैै आएका स्वास्थ सहायक चन्द्रकान्त आचार्यले भन्नुभयो, “सर्लाही, रौतहटदेखि गोरखासम्मका बिरामी डाइलोसिसका लागि आउँछन् ।”

गत मङ्सिर १५ गते सेवा सुरु भएपछि १६ गतेदेखि चितवन माधवपुरका धनबहादुर सार्कीले डाइलोसिस सुरु गर्नुभएको हो । आज पनि उहाँ डाइलोसिस गर्न आउँदा रत्ननगर अस्पतालमा भेटिनुभयो । सार्की भन्नुहुन्छ, “काठमाडाँै जान आउन मात्रै आठ हजार खर्च लाग्थ्यो, अनि नियमित डाइलोसिस गर्दा त्यहाँ बस्नुपर्ने थियो । अहिले घर छेउमै सेवा पाउँदा खुसी लागेको छ ।”

दुबै मिर्गौला फेल भएको चार महिना भएको छ उहाँको । सुरुमा भक्तपुर, कान्ति हुँदै उहाँले चितवन मेडिकल कलेजमा समेत डाइलोसिस गराउनुभयो । खर्च धेरै भएकाले अहिले भने उहाँ रत्ननगर अस्पतालमा निःशुल्क सेवा लिँदै आउनुभएको छ । अब फेर्नका लागि पैसा छैन, डाइलोसिस त निःशुल्क भयो उपचार गर्नै पैसा कसरी जोड्ने, उहाँले चिन्ता व्यक्त गर्नुभयो । उहाँसँगै गोरखाबाट आउनुभएका अर्मत केसी पनि श्ययामा बसेर डाइलोसिस गर्दै हुनुहुन्थ्यो । पाँच महिनादेखि रोग लागेकाले अहिले नियमित डाइलोसिस गरिरहेको केसी बताउनुहुन्छ । काठमाडौँ ग्रान्डीमा तीन–चार लाख सकियो अनि यता आएर डाइलोसिस सुरु गरेको उहाँको भनाइ छ । सस्तो र राम्रो भएकाले रत्ननगरमा आएर सेवा लिइरहेको केसी बताउनुहुन्छ ।

रत्ननगर अस्पतालमा अहिले ३५८ जनामध्ये १३ जना विपन्नको निःशुल्क डाइलोसिस हुँदै आएको छ । सर्लाहीका मञ्जुर हक मियाँ, रौतहटका हीरालाल महत्तो, गोरखाका अमृत केसी, मकवानपुरका दीपक आले र गुरुङ आले मगर, नवलपरासीका अविनाश सेन पनि रत्ननगरमै आएर डाइलोसिस गरिरहेको अस्पतालका हेल्थ असिस्टेन्ट चन्द्रकान्त आचार्य बताउनुहुन्छ ।
अस्पतालमा शान्तिमेड नेपालको सहयोगमा मिर्गौला उपचार केन्द्र स्थापना गरी आवश्यक उपकरण जडान गरेर सोलारबाट डाइलोसिस सेवा सुरु भएको हो । यहाँको एक मात्रै सुविधायुक्त अस्पताल रत्ननगर अस्पताल हो । सेवा सुरु भएपछि उपचारका लागि विभिन्न जिल्लाबाट बिरामीसमेत आउन थालेका छन् । करिब एक करोड लागतमा सोलारबाट सेवा सुरु गरिएको थियो । ३५ लाख वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबाट प्राप्त भएको थियो । डाइलोसिसका लागि आवश्यक ६ वटा मेसिन अस्पतालमा जडान गरिएको छ । रासस

Related News

खुला विश्वविद्यालयको आगमनले उच्च शिक्षामा प्रविधि र पहुँच बढ्ने

  (प्रकाश सिलवाल) काठमाडौँ, १६ असार । दुई दशकअघिदेखि चलेको खुला विश्वविद्यालय स्थापनाको बहस आज व्यवस्थापिका–संसद्ले सोसम्बन्धी विधेयक पारित गरेसँगै…

बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का

    बैतडी, १६ असार । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का महसुस भएको छ । भूकम्प…

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter