कृषकलाई सहुलियत दरमा ऋण दिइने ः मन्त्री शान्ता मानवी

 Shanta-Manabi-1

 

वालिङ, २७ फागुन । नेपाल सरकारका पशुपक्षी विकास मन्त्री शान्ता मानवीले व्यावसायिक पशुपालक किसानलाई सहुलियत दरमा ऋण उपलब्ध गराइने बताउनुभएको छ ।

युवाका लागि बाख्रा गाउँ अभियान, स्याङ्जाले बुधबार वालिङमा आयोजना गरेको नेपालमा ‘बाख्रापालनको सम्भावना, समस्या, अवसर र चुनौती विषयक’ एकदिने गोष्ठीको उद्घाटन गर्दै मन्त्री मानवीले व्यावसायिक कृषककालागि सहज र सरल तरिकाले ऋण उपलब्ध गराउनका लागि मन्त्रालयगतरुपमा काम अगाडि बढिरहेको जानकारी दिनुभयो ।

“पशुप ालक कृषकलाई अनुदान दिन सरकार तयार छ”, मन्त्री मानवीले भन्नुभयो – “अनुदान पाउनका लागिमात्रै फर्महरु सञ्चालन गर्नेहरुमाथि भने अब सरकार कडा नीति अगाडि सार्ने योजनामा छ ।”

उहाँले देशलाई मासु, अन्डा र दूधमा आत्मनिर्भर बनाउन सक्नुपर्नेतर्फ जोड दिँदै अब परम्परागत तवरले पशुपालन व्यवसाय सञ्चालन नगरी उन्नत तथा आधुनिक तौरतरिकाको अवलम्बन गर्न जरुरी रहेको धारणा व्यक्त गर्नुभयो ।

मन्त्री मानवीले पशुपक्षीका विषयलाई माध्यमिक तहसम्मको पाठ्यक्रममा समावेश गर्नका लागि विषय विज्ञहरुसँग पनि मन्त्रालय छलफल तथा परामर्शको तयारीमा रहेको बताउनुभयो ।

चवालीस जिल्लाका झन्डै ४०० बाख्रापालन किसानको सहभागिता रहेको उक्त गोष्ठीले १५ बुँदे स्याङ्जा घोषणापत्र जारी गरी मन्त्री मानवीलाई प्रदान गरेको छ । रासस

Related News

खुला विश्वविद्यालयको आगमनले उच्च शिक्षामा प्रविधि र पहुँच बढ्ने

  (प्रकाश सिलवाल) काठमाडौँ, १६ असार । दुई दशकअघिदेखि चलेको खुला विश्वविद्यालय स्थापनाको बहस आज व्यवस्थापिका–संसद्ले सोसम्बन्धी विधेयक पारित गरेसँगै…

बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का

    बैतडी, १६ असार । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का महसुस भएको छ । भूकम्प…

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter