अमानवीय सिनो प्रथा अन्त्यका लागि नेतृत्वकर्ता बलदेवसँगको भेटघाट : एक अविस्मरणीय क्षण

Balaram Bhattaraiअधिवक्ता : बालाराम भट्टराई : सामाजिक आन्दोलनका अगुवा व्यक्तित्व बलदेबरामको घरमा पुग्दा दिउँसो को ११ बजेको थियो । म सिराहा पुगेदेखि नै सिनो बहिष्कारआन्दोलनका अगुवा बलदेबरामलाई भेट्ने अभिलाषालाई रोक्नै सकिनँ र २०७२ फाल्गुन १८ गते स्थानीय मित्रहरुको सहायेगमा उहाँको घर पत्तालगाई लागे उहाँको घरतर्फ । सप्तरी मधुपट्टिस्थित उहाँको घरमा पुग्दा सेतो कुर्ता र सुरुवाल लगाएका चमार आन्दोलनका अग्रज ब्यक्तित्वबलदेबरामजी आफ्नै घरेलु कार्यमा ब्यस्त हुनुहुन्थ्यो । हामी आएको जानकारी पाउना साथ उहाँ हामी नजिक आउनु भयो । ६० वसन्त पारगरिसकेका बलदेबरामसंग सहज, आत्मीय रुपमा भलाकुसारी भयो ।

२०५५ सालको अन्त्यतिर प्रारम्भ भएको सिनो बहिष्कार आन्दोलको अगुवा सामाजिक नेतालाई आन्दोलन प्रारम्भ भएकै ठाउँमा भेट्दा निक्कैआनन्द महसुस भयो । मेरो २०५५ र २०५६ सालको सिनो बहिस्कार आन्दोलनले ल्याएको परिवर्तन उहाँबाटै सुन्ने जिज्ञाशा पुरा हुने कुरामा समेत म विश्वस्त भए । समाजमा तथाकथित रुपमा आफुलाई माथिल्लो जातका सम्पन्न भनिनेहरुले आफ्नो घरमा मरेका पशुहरु आफुले हातनलगाउने र समाजमा तथाकथित तल्लो जात भनिएकाहरुलाई उक्त मरेको पशु फाल्न लगाउने बाध्यकारी ब्यवस्था रहेकोमा सो परम्पराकाविरुद्धमा सप्तरी मधुपट्टिबाट सुरु भएको सिनो बहिस्कार आन्दोलनले सप्तरीको सीमा मात्र नाघेन सफलता समेत प्राप्त गरको तथ्य मधुपट्टिजाँदा महसुस भयो । कुनै निश्चित जातले बिना पारिश्रमिक अर्काको मरेको पशु फाल्नै पर्ने बिषय कुनै पनि अर्थमा सान्दर्भिक थिएन ।

सम्मानपत्रका साथ बलदेबराम

सम्मानपत्रका साथ बलदेबराम

यो आन्दोलनको बेलामा मित्र शक्तिका रुपमा पत्रकार, अधिकारकर्मी तथा दलित अपधकारकर्मीले निकै सहयोग गरको स्मरण गर्दै उहाँले उक्तआन्दोलनको बेला मालिकहरु संगठित मात्र भएनन् नाकाबन्दी समेत गरेको बताए । सप्तरी दौलतपुर स्थित कडरहवा र आफनै गाउमा समेत महिनौं नाकाबन्दी गरी बाटोघाटो समेत बन्दका बाबजुद हामीहरुले हार मानेनौँ र आज चमारहरु सिनो फाल्नै पर्ने बाध्यकारी अवस्थाबाटस्वतन्त्र भएका छन् । चमार आन्दोलनमा प्रत्यक्ष रुपमा सहभागी नभए पनि यसका बारेमा सरोकार राख्दै आएकोले यसका बारेमा जान्न र वर्तमान अवस्था बुझ्नु मेरो उद्देश्य थियो । सो पुरा भयो । आज सिराहा, सप्तरी लगायतका जिल्लामा तथाकथित दलित भनिएकाहरु सिनोफाल्न बाध्य नभएको सुन्दा निक्कै खुसी को अनुभुति भयो । पुर्बी तराईमा भएको यो आन्दोलन नेपालको सफल सामाजिक आन्दोलन हो ।

जातीय हिंसा, गरीबी र चेतनाको अभाव समेतका कारणले यस्तो खाले अमानवीय प्रथा नेपालका विभिन्न भागमा रहेको थियो । यो र यस्तैप्रकारको आन्दोलन सु.प.का विभिन्न जिल्लामा समेत भएको थियो । नेपालमा २०४६ सालमा प्रजातन्त्रको स्थापना र २०४७ को संविधान निर्माणपश्चात् समेत उपर्युक्त परिवर्तनले छुन नसकेका यस्ता अन्यायपूर्ण श्रम समबन्ध अवशेष रहनुले कानुनी राज्यको उपहास भएको प्रस्ट छ ।सामाजिक सवालतर्फ दल र नीति निर्माताहरुको ध्यान नजानुले राजनैतिक परिवर्तनले खासै महत्त्व राख्न नसकेको तथ्यतर्फ सबैको ध्यान जानुपर्दछ । राजनैतिक र संबैधानिक परिर्वतनको अनुभूति नागरीकलाई गराउनु कर्तब्य हो भन्नेतर्फ ध्यान जानु आवश्यक भए पनि पीडितहरुलेआन्दोलन नगरी सुख पाएनन् । यो आन्दोलनका क्रममा राजनैतिक दलहरुको समेत चरित्र प्रस्ट भएको देखिन्छ ।

विश्वमै धर्मका आधारमा नया सम्राज्य खडा गर्न खोज्ने प्रचलनको विकास हुँदै गैरहको सन्दर्भमा आफै हिन्दु हौं भन्ने उपर हिन्दुहरुले नै गरेकोयो ब्यबहार धार्मिक हिसाबले समेत उपयुक्त मान्न सकिँदैन । हाल जनचेतना दलित समाज नामको गैर सरकारी संस्था गठन गरी सो संगठनमार्फत दलितका सवालहरुमा काम गरीरहनु भएको र स्थानीय रुपमै आफ्नै जग्गा र कार्यालय भवन देख्दा बलदेबरामको समाजप्रतिको दायित्वबोध सबैका लागि उदाहरणीय छ । संस्था मार्फत दलित समुदायका युवाहरुलाई संगठित बनाउदै समाजमा हुने जातीय बिभेद बिरुद्धमालागिरहने जनाउँदै राष्ट्यि दलित नेटवर्कले प्रदान गरेको टीकाराम पार्कि मानब मर्यादा पुरस्कार प्राप्त गर्दा आफु निकै खुसी भएको बताए ।

नेपालको भूमिअधिकार आन्दोलनमा सक्रिय रहेका बलदेबराम भूमि अधिकार मञ्चको अध्यक्ष तथा भूमि आयोगका सदस्य समेत भए ।आफूले जीवनमा २२ मुद्दा खेपेका र सबैमा जित हासिल गरेका बलदेबराम नेपाल सरकारले बिना सूचना आफूलाई आयोगबाट निष्कासनगरेकोमा समेत मुद्दा लडी पुनर्बहाली भएको अवस्थालाई सफलताको रुपमा लिन्छन् । पुर्बी तराईमा दलित भएकै कारणले समस्या भोग्नेको संख्या कम छैन । जातीय छुवाछुत प्रचुर मात्रामा रहेको छ । धारा छोएकै कारणले आजपनि दलित समुदाय प्रताडित बन्न बाध्य छन् । सार्वजनिक स्थल, विद्यालय र मन्दिरमा समेत दलित समुदाय विभेदबाट पीडित छन् ।सबैलाई अनिवार्य र निशुल्क शिक्षा को ब्यवस्थापन राष्ट्यि कार्यक्रम भएपनि दलित बालबालिकाहरुलाई विद्यालयले पानी समेत नदिने गरेकोतथ्य सार्वजनिक हुँदा समेत कार्यान्वयन कर्ता र दलहरु मूकदर्शक रहेको पाइन्छ । जातीय कारणले भोग्नु परेका दलितसमुदायका समस्यातर्फ यहाँ जुन रुपमा आवाज उठ्नुपर्ने त्यस रुपमा हुन सकेको छैन ।

सिनो बहिष्कार आन्दोलनका सफल ब्यक्तित्व बलदेबराम अबको उहाँको प्राथमिकता के हो भन्ने प्रश्नमा यस क्षेत्रका दलितहरु छुवाछुत र हरुवाचरुवाका नाममा पीडित छन् । उनीहरुका लागी केही गर्नु आवश्यक भएपनि मित्र शक्तिहरु अलि टाढा भएको गुनासो गरे । अहिले पनियहाँका दलित समुदायहरु जातीय छुवाछुतबाट पीडित छन् र उनीहरु आफ्नो जीविकोपार्जनका लागि बँधुवा मजदुरक रुपमा काम गर्नबाध्य छन् । सबैको साथ सहयोग र सदाशयता रहे जीवनपर्यन्त यही कार्यमा लागिरहने उनको प्रतिबद्धता निकै सराहनीय लाग्यो । नेपालसरकारले २०५७ सालमा कमैया र २०६४ सालमा हरुवा चरुवाकै प्रकृतिको अन्यायपूर्ण श्रम समबन्ध अन्त्य गरेको छ भने नेपालको संविधानलेसमेत जातीय छुवाछुत र कसैले कसैलाई निजको इच्छाविरुद्ध काममा लगाउने कुरालाई निषेध गरेको सन्दर्भमा नागरिक अगुवा बलदेबरामले योसपना संगाल्नुपर्ने अवस्था सृजना हुनुले नेपालको संविधान, दल र सरकार उपर प्रश्न खडा गरेको छ । सिनो बहिस्कार आन्दोलनका सफल अगुवानेताको यो आकांक्षाले सफलता प्राप्त गरोस् सिनो बहिस्कार आन्दोलन सरह । आफू र आफ्नो समुदायले बाध्य भै सिनो फाल्ने एउटाकालखण्ड उहाँकै अगुवाइमा सफल भएकोमा उहाँ सधै सामाजिक आन्दोलनका पथपर्दशक हुनुहुनेछ ।

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter