सार्वजनिक खरिदलाई पारदर्शी बनाउन विद्युतीय प्रणाली लागू

 computer

 

(रमेश लम्साल)
काठमाडौँ, ३० फागुन । सार्वजनिक खरिद अनुगमन कार्यालय र ‘क’ वर्गका वाणिज्य बैंकबीच विद्युतीय प्रणालीबाट खरिद कार्य गर्नेसम्बन्धी विद्युतीय प्रणाली(इजिपी) प्रणाली लागू गर्ने विषयमा द्विपक्षीय समझदारी भएको छ ।

आज यहाँ आयोजित कार्यक्रममा सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव रमेशकुमार शर्मा र ‘क’ वर्गका वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुबीच छुट्टाछुट्टै सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

नेसनल इलेक्ट्रोनिक गभरमेन्ट परक्रयूरमेन्ट (इजिपी) सिस्टम नाम दिइएको सो प्रणालीले सार्वजनिक खरिदलाई पारदर्शी, मितव्ययी बनाउन र ठेक्का प्रक्रियालाई सहज र सरल बनाउन सहयोग पुग्नेछ । सचिव शर्माका अनुसार पहिलो चरणमा नेपाल खानेपानी संस्थान, सिँचाइ विभाग, एकीकृत ग्रामीण तथा कृषि सडक आयोजना (डोलिडार) र सडक विभागअन्तर्गत हुने सार्वजनिक खरिदको काममा उक्त प्रणाली लागू गरिनेछ ।

वाणिज्य बैंकले कुनै पनि ठेक्का प्रक्रियामा सहभागी व्यावसायिक फर्म तथा ठेकेदारले आफ्ना सबै प्रक्रिया जानकारी गराएर बैंकिङ प्रणालीमा सहभागी भएपछि मात्रै सार्वजनिक खरिद अनुगमन कार्यालयले ठेक्का स्वीकार गर्नेछ ।

सार्वजनिक खरिद अनुगमन कार्यालय, ‘क’ वर्गका सबै वाणिज्य बैंक, निर्माण व्यवसायी एवम् ठेकेदारलाई काम गर्न सहज पु¥याउने लक्ष्यका साथ उक्त प्रणाली गर्न लागिएको हो । सार्वजनिक खरिद प्रक्रियालाई अझ बढी खुला, पारदर्शी, वस्तुनिष्ठ र विश्वासिलो बनाउँदै लैजाने, खरिद प्रक्रियामा लाग्ने लागत, ठेक्काको सुरक्षा, बैंक ग्यारेन्टीजस्ता बैंकसँग सम्बन्धित विषयहरुलाई सहजीकरण गर्न पनि इजिपी प्रणाली सहयोगीसिद्ध हुने सम्बद्ध पक्षको भनाइ छ ।

हाल परीक्षणका रुपमा लागू गर्न लागिएको उक्त प्रणाली आगामी छ महिनाभित्र पूर्णरुपमा सबै सरकारी कार्यालय, निजी क्षेत्र तथा सम्बद्ध सबै निर्माणसँग जोडिएका क्षेत्रहरुमा समेत लागू गर्ने र सार्वजनिक खरिदलाई पूर्ण रुपमा पारदर्शी बनाइने सार्वजनिक खरिद अनुगमन कार्यालयका सहसचिव नरेशकुमार चापागाइँको भनाइ छ ।

सो प्रणाली पूर्णरुपमा लागू भएपछि सार्वजनिक खरिदमा देखिएको मिलेमतो, एकाधिकार र ठेक्का नै कब्जा गर्ने प्रवृत्तिको अन्त्य हुने, पारदर्शी खरिद पद्धतिको विकास भई स्वच्छ प्रतिस्पर्धाको माध्यमबाट विश्वासिलो पद्धतिको विकासमा कोशेढुङ्गा हुने विश्वास लिइएको छ ।

सार्वजनिक खरिद ऐनमा विद्युतीय सञ्चारको प्रयोग गरी बोलपत्रसम्बन्धी सम्पूर्ण कार्य गर्नसक्ने व्यवस्था भएबमोजिम स्न २००८ बाट मुलुकमा विद्युतीय प्रणाली लागू गरिएको थियो । सार्वजनिक निकायले विद्युतीय प्रणालीबाट कारोबार गर्न ‘पोर्टल’ विकास गरी खरिद प्रक्रिया सुरु गर्दा कुल ३३ पोर्टल सञ्चालनमा आए ।

एसियाली विकास बैंकको आर्थिक तथा प्राविधिक सहयोगमा अगाडि बढाइएको इजिपी प्रणाली पूर्णरुपमा लागू गर्न दक्ष जनशक्ति उत्पादन र अन्य व्यवस्थापकीय काम अगाडि बढिरहेको छ ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले विद्युतीय प्रणालीको सुरुवाती र त्यसको प्रयोगले सार्वजनिक खरिदमा रहेको विकृति तथा विसङ्गतिलाई अन्त्य गर्ने र स्वच्छ, पारदर्शी एवम् मर्यादित खरिद प्रक्रिया सुरु हुने विश्वास व्यक्त गर्नुभयो ।

पैसा र शक्तिको प्रयोग गरेर ठेक्का कब्जा गर्ने, आर्थिक चलखेल गर्ने तथा अन्य अवाञ्छित गतिविधि गर्ने प्रवृत्तिसमेत इजिपी प्रणालीले अन्त्य गर्ने भन्दै उहाँले विद्युतीय प्रणालीको सुरक्षा र आइपर्ने जोखिमलाई व्यवस्थापन गर्न आवश्यक तयारी गर्नुपर्नेमा जोड दिनुभयो ।

बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले सार्वजनिक खरिदमा रहेको बेथितीका कारण विकास निर्माण प्रक्रिया नै सङ्कटमा पर्ने गरेको र विकास खर्चसमेत कम भइरहेको अवस्थामा नयाँ प्रणाली सहयोगीसिद्ध हुने धारणा राख्नुभयो ।

एसियाली विकास बैंकका प्रतिनिधि टीका लिम्बूले नेपालको सार्वजनिक खरिदमा एउटा ऐतिहासिक सुरुवात भएको भन्दै आगामी दिनमा त्यसलाई थप मर्यादित र परिस्कृत बनाएर लैजान सबैको साथ र सहयोगको जरुरत रहेको बताउनुभयो ।

बैंकर्स एसोसिएसनका अध्यक्ष उपेन्द्र पौडेलले विकास निर्माणमा देखिएको बेथिती, अनियमितता तथा अराजकतालाई अन्त्य गर्न निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थालाई पनि सहभागी गराएर सकारात्मक सुरुवात भएको बताउनुभयो ।

सार्वजनिक खरिद अनुगमन कार्यालय र ‘क’ वर्गका २९ बैंक इजिपी प्रणालीमा आबद्ध भएका छन् । रासस

Related News

खुला विश्वविद्यालयको आगमनले उच्च शिक्षामा प्रविधि र पहुँच बढ्ने

  (प्रकाश सिलवाल) काठमाडौँ, १६ असार । दुई दशकअघिदेखि चलेको खुला विश्वविद्यालय स्थापनाको बहस आज व्यवस्थापिका–संसद्ले सोसम्बन्धी विधेयक पारित गरेसँगै…

बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का

    बैतडी, १६ असार । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का महसुस भएको छ । भूकम्प…

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter