नर्सिङ विद्यार्थी करिब चार हजार उतीर्ण

 nurse

 

काठमाडौँ, २ चैत । नेपाल नर्सिङ काउन्सिलले लिने दर्ता परीक्षामा तीन हजार ९६७ नर्सिङ विद्यार्थी उतीर्ण भएका छन् ।
गत फागुन १५ गते लिइएको परीक्षामा यस पटक देशभरका चार हजार ४९६ नर्सिङ विद्यार्थीले परीक्षा दिएकोमा ५२९ विद्यार्थी अनुतिर्ण भएको काउन्सिलले जनाएको छ । काउन्सिलकी अध्यक्ष चन्द्रकला शर्माले अघिल्ला वर्षको तुलना यो पटक धेरै विद्यार्थी उतीर्ण भएको बताउनुभयो ।

सन् २०१२ देखि काउन्सिले नर्सिङ पढेका विद्यार्थीलाई काउन्सिलले लिने दर्ता परीक्षा उतीर्ण गरेपछि मात्र सरकारी सेवा गर्न पाउने व्यवस्था गरेको छ । काउन्सिललले हालसम्म २२ हजार ५६२ नर्सको परीक्षा लिइसकेकोमा १९ हजार ६६ विद्यार्थीले परीक्षा उतीर्ण गरेका छन् भने तीन हजार ४९६ अनुतिर्ण भएका छन् ।

काउन्सिलमा हाल ३७ हजार ६५२ नर्स, २५ हजार २११ अनमी र ८११ विदेशबाट अध्ययन गरी आएका नर्स दर्ता छन् । नेपालका ११५ क्याम्पसमा प्रविणता प्रमाणपत्र तहस्तरको नर्सिङ र ४० क्याम्पसमा स्नातक तहको नर्सिङको अध्यापन हुँदै आएको छ । रासस

Related News

खुला विश्वविद्यालयको आगमनले उच्च शिक्षामा प्रविधि र पहुँच बढ्ने

  (प्रकाश सिलवाल) काठमाडौँ, १६ असार । दुई दशकअघिदेखि चलेको खुला विश्वविद्यालय स्थापनाको बहस आज व्यवस्थापिका–संसद्ले सोसम्बन्धी विधेयक पारित गरेसँगै…

बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का

    बैतडी, १६ असार । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का महसुस भएको छ । भूकम्प…

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter