संविधानमा अङ्गीकृत नागरिकता दिने व्यवस्था गलत ः उपप्रधानमन्त्री केसी

chitra bahadur kc

 

भक्तपुर, २ फागुन । उपप्रधान एवम् सहकारी तथा गरिबी निवारण मन्त्री चित्रबहादुर केसीले नयाँ संविधानमा जग्गेबाटै अङ्गीकृत नागरिकता दिने व्यवस्था गरिनु गलत भएको बताउनुभएको छ ।

आज रफत् सञ्चार क्लबले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा बोल्दै उहाँले विदेशी महिलाले नेपाली पुरुषसँग विवाह गरेको कम्तीमा पनि सात वर्षपछि मात्रै अङ्गीकृत नागरिकता दिने व्यवस्था हुनुपर्ने बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “विवाह गरेकै दिन जग्गेबाटै अङ्गीकृत नागरिकता पाउने व्यवस्था संविधानले गर्नु गलत छ, यसले विदेशी नागरिकको सङ्ख्या बढ्ने र राष्ट्रियता माथि सङ्कट आउन सक्छ ।” देशलाई खण्डखण्ड पार्न विदेशीको चलखेल बढिरहेका अवस्थामा यसप्रकारको नागरिकताले थप सङ्कट पार्नसक्नेतर्फ सचेत हुनुपर्ने उहाँको भनाइ थियो ।

उपप्रधानमन्त्री केसीले विदेशमा रहेका नेपाली नागरिकले मताधिकारको व्यवस्था संविधानमा हुन नसक्नु दुःखद भएको टिप्पणी गर्दै उहाँले भन्नुभयो, “देशमा रोजगार नपाएर विदेश जान बाध्य नागरिकलाई मताधिकारको व्यवस्था हुनुपर्छ, उनीहरुले कमाएर पठाएको पैसा देशलाई मान्य हुने तर मत मान्य नहुने यो कस्तो व्यवस्था, यो त्रुटीलाई संविधानमा सच्याउनुपर्छ ।”

भूगोल र जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्नुपर्नेमा अरुको दबाबमा संविधान संशोधन गरेर जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने व्यवस्था हुन गलत भएको बताउनुभयो ।

पाँच दिनपछि हुने प्रधानमन्त्रीको चीन भ्रमणमा पारवाहन, व्यापारलगायत नेपालका लागि हित हुने कुरामा सम्झौता गरेर एउटै देशमाथिको परनिर्भरताको अन्त्य गर्ने बताउनुभयो ।

सरकार परिवर्तनको खेल सुरु हुनु नौलो कुरा नभएको टिप्पणी गर्दै उपप्रधानमन्त्री केसीले भन्नुभयो, “छिमेकीको चाहना विपरीत बनेको वर्तमान सरकारबाट आफ्नो चाहना पूरा नहुने भएपछि छिमेकीकै इसारामा केही तत्व देशको स्वाभिमानलाई बन्धक राख्दै सरकार परिवर्तनको हल्ला चलाइरहेका छन्, यो नौलो कुरा होइन ।” रासस

Related News

खुला विश्वविद्यालयको आगमनले उच्च शिक्षामा प्रविधि र पहुँच बढ्ने

  (प्रकाश सिलवाल) काठमाडौँ, १६ असार । दुई दशकअघिदेखि चलेको खुला विश्वविद्यालय स्थापनाको बहस आज व्यवस्थापिका–संसद्ले सोसम्बन्धी विधेयक पारित गरेसँगै…

बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का

    बैतडी, १६ असार । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का महसुस भएको छ । भूकम्प…

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter