वन्यजन्तु जोगाउन ‘काउन्टर फायर’

 fire in jungle

 

रत्ननगर (चितवन), ५ चैत । विश्व संरक्षण सूचीमा रहेको चितवन राष्ट्रिय निकुञ्जले आगलागीबाट वन्यजन्तु जोगाउन ‘काउन्टर फायर’ सहितको आगलागी नियन्त्रण अभियान सुरु गरेको छ । आगलागीको मौसम सुरु भएकाले वन्यजन्तुको सुरक्षालाई ध्यान दिँदै यस्तो अभियान थालिएको निकुञ्जले जनाएको छ ।

चितवन निकुञ्जका सूचना अधिकारी तथा सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले मुख्यगरी निकुञ्जभित्र ‘काउन्टर फायर’का लागि प्रविधिज्ञ कर्मचारीलाई तयारी अवस्थामा राखिएको बताउनुभयो । कुनै क्षेत्रमा भीषण आगलागी भइरहेको छ र त्यो आगलागी नियन्त्रण गर्ने अवस्थामै छैन भने विपरीत दिशाबाट आगो लगाएर नियन्त्रण गर्ने पद्धतिलाई काउन्टर फायर भनिन्छ ।

संरक्षित क्षेत्र भएकाले विपरीत क्षेत्रबाट आगो लगाउँदा सीमित क्षेत्रबाट आगो नियन्त्रण हुने भएकाले यो पद्धति निकुञ्जका लागि उपयुक्त भएको अर्याल बताउनुहुन्छ । “निकुञ्जभित्र काठका मचान छन्, ती मचान नजिकै नियन्त्रण गर्न नसकिने आगो लागेको छ भने मचान छेउबाट नियन्त्रणमुखी आगलागी गराउँदा मचान जोगिने र आगो पनि नियन्त्रणमा आउने हुन्छ, नत्र मचान नै जल्न सक्छ”, अर्यालले भन्नुभयो ।
यो काउन्टर फायर अन्य क्षेत्रमा पनि उपयुक्त हुन सक्छ । मध्यवर्ती क्षेत्रका गाउँलेलाई चेतनामूलक कार्यक्रमसहित अग्नि रेखा निर्माण तथा विगतका फायर लाइनको मर्मत गरेर आगलागी नियन्त्रण अभियानसमेत सुरु गरेको निकुञ्जका सूचना अधिकारी अर्यालले जानकारी दिनुभयो । यहाँका फायर लाइनले आगलागी नियन्त्रणको मात्रै काम गर्दैन चोरी–सिकार नियन्त्रणलगायतका कामका लागिसमेत प्रयोग हुन्छन् ।

संरक्षित जङ्गली जनावरको सुरक्षाका लागि निकुञ्जले अहिले आगलागी नियन्त्रणमा चनाखो हुन कर्मचारी, सेना तथा मध्यवर्तीका स्थानीयवासीलाई आग्रह गरेको छ । मध्यवर्र्ती क्षेत्र व्यवस्थापन समिति र उपसमितिलाई परिपत्र नै जारी गरेर आगलागीमा चनाखो हुन र अग्नि रेखा व्यवस्थित गर्न भनिएको अर्यालले बताउनुभयो । आगो उत्पन्न हुने वस्तुहरु मध्यवर्ती क्षेत्रमा लैजानसमेत रोक लगाएर अभियान थालिएको सहायक संरक्षण अधिकृत तथा सूचना अधिकारी अर्यालले बताउनुभयो ।

चितवन निकुञ्जका बाघ, गैँडा, हात्ती, भालु, जरायो, चित्तल जस्ता संरक्षित जनावर मध्यवर्ती वनमा समेत आवतजावत गर्ने गरेका छन् । त्यसैले मध्यवर्तीका बासिन्दालाई आगलागी नियन्त्रणका उपायका बारेमा समेत सचेतना दिइएको छ । चितवन निकुञ्जमा ६०५ वटा गैँडा मात्रै छन् । यहाँ १२० भन्दा बढी बाघ छन् । गौँरी गाईको उपस्थिति पनि राम्रो छ । चराचुरुङ्गीको समेत राम्रो बासस्थान भएकाले यो क्षेत्र अति संवेदनशील मानिन्छ । रासस

Related News

खुला विश्वविद्यालयको आगमनले उच्च शिक्षामा प्रविधि र पहुँच बढ्ने

  (प्रकाश सिलवाल) काठमाडौँ, १६ असार । दुई दशकअघिदेखि चलेको खुला विश्वविद्यालय स्थापनाको बहस आज व्यवस्थापिका–संसद्ले सोसम्बन्धी विधेयक पारित गरेसँगै…

बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का

    बैतडी, १६ असार । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का महसुस भएको छ । भूकम्प…

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter