मेलम्ची आयोजनाको सुरुङ निर्माण अवधि थप्ने गृहकार्य

 melamchi

 

काठमाडौँ, ८ चैत । बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माणको काम समयमा नसकिने भएपछि अवधि थप्ने गृहकार्य सुरु गरिएको छ ।

इटालेली ठेकेदार कम्पनी सिएमसीसँग सुरुङको काम विसं २०७३ असोज मसान्तमा सक्ने सम्झौता भएको थियो । गत वैशाख १२ गतेको भूकम्पका कारण रोकिएको काम सुरु नहुँदै असोज ६ गते भारतले अघोषित नाकाबन्दी गरेपछि ११ महिनासम्म काम प्रभावित भएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक घनश्याम भट्टराईले बताउनुभयो ।

भूकम्प र अघोषित नाकाबन्दीले रोकिएको काम फागुन दोस्रो सातादेखि आंशिक सुरु भए पनि पूर्ण रुपमा सञ्चालन गर्ने गृहकार्य सुरु भएको समितिले जनाएको छ । “काम पुनः सुरु भएपछि दैनिक ३० मिटर सुरुङ निर्माण भइरहेको छ, अहिलेसम्म १४ किमीभन्दा केही बढी सुरुङ खन्ने काम भएको छ, अब साढे १२ किमी सुरुङ खन्न बाँकी छ, यो समयमा नसकिने भएपछि अवधि थप्ने गृहकार्य सुरु भएको हो”, भट्टराईले भन्नुभयो ।

हाल आयोजनाको सुरुङ ग्याल्थुमबाट अम्बाथान र सिन्धु, सिन्धुबाट ग्याल्थुम र सुन्दरीजल एवम् सुन्दरीजलबाट सिन्धु सहायक मार्गतिर निर्माण भइरहेको छ । अम्बाथान सहायकमार्ग र मुहानमा काम गर्नका लागि सिएमसीले नेपाली कम्पनी मेगापेक र युनाइटेड बिल्डर्स इन्जिनियरिङलाई जिम्मा दिए पनि काम सुरु हुन सकेको छैन ।

तोकिएको समयमा काम सम्पन्न नहुने भएपछि एक वर्षसम्म थप्ने गरी गृहकार्य सुरु भएको कार्यकारी निर्देशक भट्टराईले बताउनुभयो । यही चैत दोस्रो सातासम्म समयावधि थप्ने काम सम्पन्न गरिसक्ने समितिले जनाएको छ । यसअघि विसं २०६६ मा सुरुङ निर्माणको ठेक्का लिएको चिनियाँ सरकारी ठेकेदार कम्पनीले काम नगरी भागेपछि सिएमसीलाई ठेक्का दिइएको थियो ।

सुरुङ निर्माणको काम विसं २०७३ असोज मसान्तमा सकिने भए पनि सम्झौताअघि काम सकेमा ठेकेदारलाई लाभांश दिने व्यवस्था गरिएपछि छ महिनाअघि नै काम सक्ने सिएमसीको मौखिक प्रतिबद्धताका कारण वैशाख १ गते काठमाडौँका धारामा मेलम्चीको पानी खसाल्ने सरकारी अधिकारीले सार्वजनिक घोषणा गर्दै आउनुभएको थियो । अब यो घोषणा पूरा नहुने समितिको भनाइ छ । रासस

Related News

खुला विश्वविद्यालयको आगमनले उच्च शिक्षामा प्रविधि र पहुँच बढ्ने

  (प्रकाश सिलवाल) काठमाडौँ, १६ असार । दुई दशकअघिदेखि चलेको खुला विश्वविद्यालय स्थापनाको बहस आज व्यवस्थापिका–संसद्ले सोसम्बन्धी विधेयक पारित गरेसँगै…

बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का

    बैतडी, १६ असार । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का महसुस भएको छ । भूकम्प…

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter