‘चीन असल मित्र हो’ उपेन्द्र यादव

 upendra yadav

 

काठमाडौँ, १२ चैत । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्रीको छिमेकी राष्ट्र चीनको भ्रमण अपेक्षा गरिएअनुसार उपलब्धिमूलक हुन नसकेको आरोप लगाउनुभएको छ ।

रिपोर्टर्स क्लबले आज आयोजना गरेको साक्षात्कारमा उहाँले चीनले नेपाललाई सक्दो सहयोग गर्न चाहेको भए पनि सरकारसँग त्यसलाई प्राप्त गर्ने क्षमता नभएकाले जलस्रोत, सञ्चार, यातायात, मानव संशाधनको विकास र तत्कालीन आवश्यकतामा केही प्राप्त हुन नसकेको बताउनुभयो ।

अध्यक्ष यादवले नेपालको चीनसँग सधैँ राम्रो सम्बन्ध रहिआएको बताउँदै अहिले भएको १० बुँदे सम्झौतामध्ये धेरै कुरा दुई देशबीच पहिला नै प्रस्ताव भएको थियो, यसपटक हस्ताक्षर मात्र भएको हो भन्नुभयो ।

उहाँले छिमेकीसँग सुमधुर सम्बन्ध राखेर अगाडि बढनुपर्नेमा जोड दिँदै सरकारले मुलुकमा भ्रष्टाचार नियन्त्रण गर्न नसकेको र अहिले अर्थतन्त्र कालोबजारीले समानान्तर रुपमा चलाएको बताउनुभयो । रासस

Related News

खुला विश्वविद्यालयको आगमनले उच्च शिक्षामा प्रविधि र पहुँच बढ्ने

  (प्रकाश सिलवाल) काठमाडौँ, १६ असार । दुई दशकअघिदेखि चलेको खुला विश्वविद्यालय स्थापनाको बहस आज व्यवस्थापिका–संसद्ले सोसम्बन्धी विधेयक पारित गरेसँगै…

बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का

    बैतडी, १६ असार । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का महसुस भएको छ । भूकम्प…

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter