विवरण सच्चाउनु परेमा परीक्षा केन्द्रमै आवेदन दिन सकिने

nepali stu

 

काठमाडौँ, १५ चैत । परीक्षा नियन्त्रण कार्यालयले प्रवेशिका९एसएलसी० परीक्षामा संलग्न परीक्षार्थीले व्यक्तिगत विवरण सच्याउनुपर्ने भएमा परीक्षा केन्द्रमै आवेदन दिन सक्ने भएका छन् ।

पहिलोपटक गरिएको सो व्यवस्थाबाट परीक्षार्थीको नाम, थर, जन्म मिति र विषयलगायतमा त्रुटि कम हुने देखिएको छ । विवरण गलत हुँदा वर्षौसम्म क्षेत्रीय शिक्षा निर्देशनालयमा धाउने समस्या अन्त्य गर्न खोजिएको भन्दै परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले उनीहरुलाई परीक्षाको अन्तिम दिनमा सम्पूर्ण विवरण उल्लेख भएका परिचयपत्र उपलब्ध र विद्यार्थीले कुनै त्रुटि देखेमा तत्कालै सम्बन्धित परीक्षा केन्द्रमा विवरण सच्याउन निवेदन दिन सक्ने जानकारी दिनुभयो ।

शिक्षा पत्रकार सञ्जाल ९इजोन०ले आज यहाँ आयोजना गरेको अन्तरक्रियामा उहाँले विद्यालय, अभिभावक र विद्यार्थीको लापरबाहीका कारण यस्तो समस्या देखिने गरेकाले सकेसम्म कम गराउन खोजिएको बताउनुभयो । यही चैत १८ गतेबाट सुरु हुने यस वर्षको एसएलसी परीक्षामा कुल छ लाख १५ हजार ५५३ परीक्षार्थी सम्मिलित हुँदैछन् । सबैभन्दा बढी काठमाडौँका ३५ हजार ७२९ र सबैभन्दा कम मनाङका ६३ परीक्षार्थी सम्मिलित हुनेछन् ।

परीक्षामा देशभर ७२ हजार ८९६ जनशक्ति परिचालन गरिने भएको छ । सुरक्षाकर्मीमात्रै २९ हजार १४५ परिचालन हुनेछन् भने परीक्षालाई स्वच्छ र मर्यादित बनाउन शिक्षा सेवाका १८ सहसचिवलाई अनुगनममा खटाइनेछ ।

पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक बाबुराम पौडेलले यस वर्षबाट विद्यार्थीको मूल्याङ्कन अक्षराङ्कन ९ग्रेडिङ० पद्धतिबाट हुने भन्दै विसं १९९४ सालबाट ग्रेडिङ पद्धति लागू गर्ने चर्चा चलेपनि ८० वर्षपछि लागू गर्न लागिएको जानकारी दिनुभयो । रासस

Related News

खुला विश्वविद्यालयको आगमनले उच्च शिक्षामा प्रविधि र पहुँच बढ्ने

  (प्रकाश सिलवाल) काठमाडौँ, १६ असार । दुई दशकअघिदेखि चलेको खुला विश्वविद्यालय स्थापनाको बहस आज व्यवस्थापिका–संसद्ले सोसम्बन्धी विधेयक पारित गरेसँगै…

बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का

    बैतडी, १६ असार । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का महसुस भएको छ । भूकम्प…

Comments are closed

TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter