राष्ट्रिय स्वाधीनताका लागि सबैको सहयोग जरुरी– अध्यक्ष दाहाल

Prachanda

 

काठमाडौँ, २५ चैत । एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रको स्वतन्त्रता, सार्वभौमसत्ता, अखण्डतालाई सुदृढीकरण गर्ने कार्यमा सबैको सार्थक सहयोगको जरुरी रहेको बताउनुभएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज पार्टीका दिवङ्गत नेता पोष्टबहादुर बोगटीको सम्मानमा स्थापना गरिएको ‘पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठान’को प्रारम्भिक साधारणसभालाई सम्बोधन गर्दै उहाँले पछिल्लो दिनमा नेपालको सार्वभौमसत्ता र अखण्ताविरुद्ध विभिन्न कोणबाट प्रहार भइरहेको भन्दै त्यसविरुद्ध सबै राष्ट्रवादी शक्तिले मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।

संविधानको सहज कार्यान्वयनका लागि राष्ट्रिय एकतालाई कायम गर्नुपर्ने र मुलुकभित्रका विभिन्न असन्तुष्टिलाई सम्बोधन गर्नुपर्ने उल्लेख गर्दै अध्यक्ष दाहालले मधेसवादी दलका जायज माग सम्बोधन हुने स्पष्ट पार्नुभयो ।

माओवादी आन्दोलनलाई पुनःएकीकरण गरेर लैजाने दिशामा आफू लागेको भन्दै उहाँले केही समय भित्रै सम्पूर्ण माओवादी शक्ति एउटै केन्द्रमा आउने छन् भन्नुभयो । माओवादी घटकबीचको एकता प्रक्रिया तार्किक निष्कर्षको नजिक पुग्न लागेको दाबी गर्दै उहाँले अब छुट्टाछुट्टै बसेर केही पनि फाइदा नहुने, देश र जनताको समेत हित नहुने उल्लेख गर्नुभयो । रासस

Related News

खुला विश्वविद्यालयको आगमनले उच्च शिक्षामा प्रविधि र पहुँच बढ्ने

  (प्रकाश सिलवाल) काठमाडौँ, १६ असार । दुई दशकअघिदेखि चलेको खुला विश्वविद्यालय स्थापनाको बहस आज व्यवस्थापिका–संसद्ले सोसम्बन्धी विधेयक पारित गरेसँगै…

बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का

    बैतडी, १६ असार । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का महसुस भएको छ । भूकम्प…

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter