कृषकलाई निवृत्त दिइने ः कृषि मन्त्री गजुरेल

 haribol

 

भद्रपुर, २८ चैत । कृषि विकास मन्त्री हरिबोलप्रसाद गजुरेलले कृषकको भविष्यलाई सुरक्षित पार्न २० वर्षसम्म लगातार कृषि पेसा अँगाल्ने कृषकलाई राज्यबाट निवृत्त दिने व्यवस्था ल्याउन लागेको बताउनुभएको छ ।

कृषि विकास कार्यालयद्वारा आयोजित फार्म मेसिनरी हस्तान्तरण समारोहलाई आज सम्बोधन गर्दै मन्त्री गजुरेलले जनतालाई खाद्यान्नमा सुनिश्चितता गर्न सरकारले २७बुँदे कार्यनीति कार्यक्रम ल्याएको र यसबाट पलायन युवालाई कृषिमा फर्काउन सहयोग पुग्ने बताउनुभयो । “व्यावसायिक र आधुनिक खेती प्रणालीलाई विकास गर्न युवालाई कृषिमा आबद्ध गराउनु आवश्यक छ” उहाँले भन्नुभयो ।

परम्परागत खेती प्रणालीले लागत बढ्ने र उत्पादन पनि कम हुने भएकाले कृषकले प्रतिस्पर्धा गर्न नसकेको मन्त्री गजुरेलको भनाइ थियो । कृषि क्षेत्रको विकास भएमा स्वतः पुँजीको विकास हुने र यसैको आधारबाट राष्ट्र सबल एवम् सक्षम हुने भन्दै उहाँले अगामी आर्थिक वर्षको बजेटमा कृषि क्षेत्रको ठोस योजना आउने जानकारी दिनुभयो । रासस

Related News

खुला विश्वविद्यालयको आगमनले उच्च शिक्षामा प्रविधि र पहुँच बढ्ने

  (प्रकाश सिलवाल) काठमाडौँ, १६ असार । दुई दशकअघिदेखि चलेको खुला विश्वविद्यालय स्थापनाको बहस आज व्यवस्थापिका–संसद्ले सोसम्बन्धी विधेयक पारित गरेसँगै…

बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का

    बैतडी, १६ असार । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का महसुस भएको छ । भूकम्प…

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter