खतरामा प्रजातन्त्र (व्यङ्ग)

MB-Deuba cartoonblogयोगीशकृष्ण : मित्रवर बन्धु भृकटी खुम्च्याउँदै सोचमग्न थियो ।

सोधेँ, “बन्धु ,दिमागमा कुनै नया विचार उत्पन्न भयो कि कसो ”

बन्धुको मुखमुद्रा झन कठोर भयो,“मुलुक यस्तो अवस्थामा छ,  तिमी जिस्किने हो यस्तो बेला ।”

म पनि गम्भीर भएँ । मुलुकको अवस्थाको कुरा हो । एउटा उखान सुनाइदिउँ कि जस्तो लागेको थियो । उसको गम्भीर मुद्रा देखेर आँट आएन ।मैले सोधेँ,“ मुलुकमा सब ठिक ठाक छ । भ्रष्टाचार घटेको छैन, जनता दुखी नै छन् , महङ्गी बढिरहेकै छ्, भोका युवा विदेश पलायन भइरहेकै छन् , चेलीबेटी बेचविखनमा कमी आएको छैन, कालोबजारी र तस्करको काम राम्रै चलिरहेको छ । अन्याय यथावत छ । अनि मुलुकमा चिन्ता गर्नु पर्ने कुरा के छ र ?।

उसले जबाफ दियो ,“प्रजातन्त्र खतरामा छ ।”

मैले सान्तवना दिएँ “यार, यो त शेरबहादुर देउवाले बोलेको कुरा हो ।”

उसको गम्भीरतामा कुनै फरक आएन।“देशको पूर्वप्रधानमन्त्री, सबैभन्दा ठूलो दलको नेताले बोलेको कुरा हो,त्यसैले प्रजातन्त्र खतरा भएकोले म चिन्तित छु ।”

अझै  पनि मैले उसलाई सामान्य बनाउन खोजेँ,“नेताले बोलेको कुरालाई गम्भीरतपूर्वक लिने हो र । उखान टुक्का झैँ मान्नु पर्छ, जसको हामीलाई बानी परिसकेको छ ।”

ऊ उत्तिकै गम्भीर रहेपछि म पनि गम्भीर भएँ । देउवाजी केही समयअघि सपत्नी भारत भ्रमणमा जानु भएपछि उहाँलाई संभवतः उहाँलाई ज्ञान भयो–प्रजातन्त्र खतरामा छ । भारत ज्ञानीहरुको देश हो । एक से एक ज्ञानी त्याहाँ बस्छन् । केही सन्त किसिमका ज्ञानी त अझ फौजदारी अपराधमा कारागारभित्र बसेर आफ्नो ज्ञान बाँढने गर्छन् । जो ज्ञानी बाँकी छन् ती सत्ता चलाउँछन्, दल चलाउँछन् । नेपालका कैयन् नेतालाई भारतले बोलाएर ज्ञान दियो –तिमीहरुको संविधान प्रजातान्त्रिक छैन । प्रजातान्त्रिक भएको भए भारतीयलाई प्रधानमन्त्रीलगायत अन्य महत्पूर्ण पदमा नियुक्त हुने अधिकार खोइ त । ती नेतलो बुझे संविधान अपूरो छ । यसै गरी यस्तै कुनै ज्ञानीले देउवाजीलाई ज्ञान दियो होला,“देखिए, नेपालमे प्रजातन्त्रके उपर खतरा है।”

देउवाजीले सदावहार मुस्कान छर्दै पत्नीलाई भने हुनन् “रानी साहेब, ल हेर्नुस्, प्रजातन्त्र खतरामा पो रहेछ ।”

मेरो तर्क बन्धुलाई मन परेन“देउवाले किन प्रजातन्त्र खतरामा छ भन्नुको कारण के हो ?”

भारत प्रजातन्त्र भएको मुलुक हो । उसले बेलायतको दासत्व भोगेको छ । उसको प्रजातन्त्र दासत्वमा आधारित छ । पाकिस्तान, उसैले बनाएको बङ्गलादेश, श्रीलङ्का, भुटान र आफूभित्र गाभेको सिक्किम सबैले उसको प्रजातन्त्र बुझेका छन् । चाहन्छ–नेपालले पनि उसको प्रजातन्त्र बुझोस् । त्यसैले देउवाले बुझे नेपालको प्रजातन्त्र खतरामा छ ।

सोचमग्न बन्धुलाई छाडेर म हिँडे ।

प्रतिक्रियाका लागि yogishkrishna81@gmail.com  वा editor@nepalekhabar.com

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter