‘हिंसा अन्त्यका लागि सामूहिक प्रतिबद्धताको खाँचो’

Childrenकाठमाडौँ, २० जेठ । उपप्रधानमन्त्री सिपी मैनालीले बालबालिकामाथि हुने हिंसा अन्त्यका लागि दक्षिण एसियाली देशको सामूहिक प्रतिबद्धता हुनुपर्ने बताउनुभएको छ ।

दक्षिण एसियाका क्षेत्रका बालबालिकामाथि हुने सबै प्रकारको हिंसा अन्त्यका लागि कार्यरत संस्था (साइभाक), महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय लगायत दक्षिण एसियाका मानवाधिकारवादी संस्थाको आयोजनामा आज यहाँ भएको ‘बालविवाह अन्त्यका लागि सामूहिक प्रतिबद्धता’विषयको सार्कस्तरीय गोष्ठीमा महिला, बालबालिका तथा समाज कल्याणमन्त्री मैनालीले दक्षिण एसियाली क्षेत्रकै मुख्य समस्याका रुपमा रहेको बालविवाह लगायत सामूहिक समस्यासँग जुध्न ऐक्यबद्धताको खाँचो औँल्याउनुभयो ।

कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले बालबालिकामाथि हुने हिंसा अन्त्यका लागि सामूहिक पहल गर्न गोष्ठी महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो । गोष्ठीमा सार्कसम्बद्ध आठ राष्ट्रका ७४ मानवअधिकारकर्मी तथा बालअधिकारकर्मीको सहभागिता थियो । रासस

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*
Advertise Section 7

TOP NEWSview all

Even though it’s late, victims will get something from the commission: Subedi

Cecil and Harambe; a lesson for Himalayan Republic

Trip Down under

We want real conversion of our students beyond religion: Fr. Boniface Tigga, Regional Superior of Nepal Jesuit Society

I am inspired by the kindness, decency and warmth of the people of Nepal: DeLisi