चावहिल–जोरपाटी–साँखु सडक विस्तार सुरु

chakrapathकाठमाडौँ, २० जेठ । काठमाडौँ उपत्यका विकास प्राधिकरणले चावहिल–जोरपाटी–साँखु सडक विस्तारका लागि केन्द्रबाट दायाँबायाँ दुवैतिर ११÷११ मि सडक सीमा चिह्न लगाउने काम सम्पन्न गरेको छ ।

साविकबाट दायाँबायाँ दुवैतिर सडक बढाउन चिह्नबीचका संरचना हटाउन स्थानीयवासीलाई सूचना दिने उद्देश्यले महानगरपालिका एवम् नगरपालिकाले माइकिङ सुरु गरेको प्राधिकरणले जनाएको छ ।

हाल केन्द्रबाट दायाँबायाँ दुवैतिर ९÷९ मि रहेको चावहिल–जोरपाटी–साँखु मूल सडकलाई दुवैतिर ११÷११ मि बढाई २२ मि को सडक बनाउन लागिएको प्राधिकरणका विकास आयुक्त डा भाइकाजी तिवारीले राससलाई जानकारी दिनुभयो ।

विसं २०४५ माघ १३ गतेको ‘गोरखापत्र’ दैनिकमा तत्कालीन काठमाडौँ उपत्यका नगर विकास कार्यान्वयन समितिले सूचना प्रकाशित गरी केन्द्रबाट दायाँबायाँ दुवैतिर ११÷११ मि छोड्न जानकारी गराइएको प्राधिकरणले जनाएको छ । सूचना प्रकाशित गरेर जानकारी गराएपनि त्यसबेला कार्यान्वयन भएको थिएन ।

यो सूचना कार्यान्वयन नभएपछि विसं २०४५ देखि नै उपत्यकामा अव्यवस्थित घर थपिएको आयुक्त तिवारीले बताउनुभयो ।

“सरकारले सडक मापदण्ड विसं २०४५ साउन २९ गते बनाइएको हो । राजमार्ग र चक्रपथमा केन्द्रबाट दायाँबायाा दुवैतिर २५÷२५ मि, यसबाहेकका मूल सडकमा केन्द्रबाट दायाँबायाँ दुवैतिर ११÷११ मि कायम गरेको हो, यही मापदण्डअनुसार अहिले हामी सडक बढाउँदैछौँ”–उहाँले भन्नुभयो ।

चावहिल–जोरपाटी–साँखु करिब १४ किमी सडकमा चिह्न लगाई स्थानीयवासीलाई संरचना भत्काउन अनुरोध गरिएको छ । संरचना नभएका खाली स्थानमा काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले बाटो बढाउने काम सुरु गरेको छ । सरकारले मापदण्ड तोक्नुअघि निर्माण भएका संरचनाका धनीलाई मुआब्जा दिइने प्राधिकरणले जनाएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter