संरक्षण अभावमा गुराँस मासिँदै

Guransइलाम, २१ जेठ । जिल्लाको उत्तरी क्षेत्रमा पाइने बहुगुणयुक्त गुराँस मासिने क्रम बढ्दै गएको छ ।

प्राकृतिक, सांस्कृतिक जैविकलगायत विविध दृष्टिले महत्वपूर्ण मानिएको गुराँस संरक्षणको अभावनमा मासिने क्रममा छ ।

खुला चरिचरन, खुल्ला सीमा, चेतना अभाव, अव्यवस्थित विकास निर्माण, दाउराका रूपमा प्रयोग गरिनु आदिले गुराँस सङ्कटमा परेको सरोकारवाला बताउँछन् ।

जिल्लाका अधिकांश लेकाली क्षेत्रमा गुराँस पाइने भए पनि ती क्षेत्रमा पाइने गुराँसको सङ्ख्या र प्रजातिको अहिलेसम्म यकिन हुन सकेको छैन । “गुराँस विनाश हुनुका कारण पहिल्याई उचित संरक्षणका लागि ठोस नीतिको आवश्यकता देखिएको छ”, उच्च पहाडी जडीबुटी उत्पादक तथा संरक्षण संस्थाका अध्यक्ष दीपक लुङ्गेलीले भन्नुभयो – “वन मन्त्रालय र विभागबाट नै यसको उचित संरक्षणका लागि ठोस नीति आवश्यक छ ।”

यहाँको मावु, माइमझुवा, जमुना, माईपोखरी, पुवामझुवा, प्याङ, जोगमाईलगायतका गाविसका सामुदायिक तथा निजी वनमा गुराँस पाइन्छ । ती क्षेत्रमा रहेका पशु गोठमा दाउरासंगै गोठलगायतका संरचना निर्माणका लागि गुराँस फडाँनी हुने गरेको छ ।

खुल्ला चरिचरनलाई बन्द गर्दै अनावश्यक फँडानी रोक्न गोठपालकलाई नै सचेत बनाउनुपर्ने आवश्यकता देखिएको मावुका डुलबहादुर गुरुङले बताउनुभयो ।

पशुपतिनगरदेखि मानेभञ्ज्याङ हुँदै सन्दकपुरसम्मको क्षेत्रमा सीमापारि संरक्षित क्षेत्र भएकाले भारतीय सीमा सुरक्षा बल (एसएसबी) र त्यहाँका दुई दर्जन होटलले दाउरा र निर्माणका लागि गुराँसको प्रयोग धेरै गर्ने गरेका छन् । “सीमापारि सिंहलीला नेसनल पार्कले प्रवेश नदिने भएपछि नेपालतर्फका गुराँसलगायत वनमा प्रभाव पर्ने गरेको हो” – गुरुङले भन्नुभयो ।

जिल्ला वन कार्यालयले एक स्थानमा समूह निर्माण गरेर संरक्षण थालनी गरे पनि अन्यत्र ठोस कार्यक्रम भएको छैन । चमैताको कहरे सामुदायिक वनमा समूहमार्फत कार्यालयले गुराँस संरक्षण थालेको छ । “गुराँस धेरै पाइने स्थानको पहिचान गरी ठोस कार्यक्रम ल्याइने सोच भए पनि आवश्यकताअनुसार काम हुन सकेको छैन् – सहायक वन अधिकृत सुनिलकुमार सिंहले भन्नुभयो ।

वन तथा भू–संरक्षण मन्त्रालयमार्फत गुराँस संरक्षणका लागि कार्ययोजना निर्माणको तयारी थालेको समेत उहाँको भनाइ छ ।

प्राकृतिक अवस्थामा गुराँसको एक हजार प्रजाति रहे पनि विश्वमा ३२ प्रजातिका लालीगुराँस रहेको तथ्याङ्क छ । यो प्रजाति एक हजार चार सय मिटरदेखि तीन हजार छ सय मिटरसम्मको उचाइमा पाइन्छ ।

तीनजुरे मिल्के क्षेत्रमा २८ प्रजातिका गुराँस पाइन्छन् । जिल्लामा पाइने प्रजातिका बारे कुनै अध्ययन हुन नसकेको जिल्ला वनस्पति कार्यालय इलामले जनाएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter