निजी आवास पुनःनिर्माणका लागि प्राधिकरणद्वारा प्रस्ताव स्वीकृत

Nepal Reconstruction Authorityकाठमाडौँ, २२ जेठ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले विभिन्न गैरसरकारी संस्थाले निजी आवास पुनःनिर्माणका लागि पेस गरेको परियोजना प्रस्ताव स्वीकृत गरेको छ ।

गैरसरकारी संस्था परिचालनसम्बन्धी कार्यविधि, २०७२ को दफा ९ को उपदफा (६) अनुसार प्रस्तावित परियोजनामध्ये छ हजार सात सय ५९ प्रस्तावलाई स्वीकृत गरेको प्राधिकरणले जनाएको छ ।

यसैगरी प्राधिकरणले १३३ विद्यालय र दुई स्वास्थ्य चौकी पुनःनिर्माण गर्ने प्रस्तावलाई पनि स्वीकृत गरेको छ । यसका लागि प्राधिकरणको सिफारिस समितिले स्वीकृत गरेबमोजिम सम्बन्धित संस्था, क्षेत्रगत मन्त्रालय र प्राधिकरणका बीच त्रिपक्षीय सम्झौता हुने कानुनी व्यवस्था रहेको प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले जानकारी दिनुभयो ।

निजी आवास, विद्यालय र स्वास्थ्य चौकीलगायत पुनःनिर्माणका लागि रु १२ अर्ब २८ करोड १८ लाख ७७ हजार नौ सय ८१ हजार प्रस्ताव गरिएको छ ।

स्वीकृत गरिएका परियोजना काठमाडौँ, भक्तपुर, ललितपुर, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, नुवाकोट, धादिङ, रसुवा, सिन्धुली र ओखलढुङ्गा मकवानपुर, काभ्रे, तनहुँ र लमजुङलगायतका जिल्लामा निजी आवास तथा विद्यालय निर्माण गरिनेछ । रासस

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*
Advertise Section 7

TOP NEWSview all

Trip Down under

We want real conversion of our students beyond religion: Fr. Boniface Tigga, Regional Superior of Nepal Jesuit Society

I am inspired by the kindness, decency and warmth of the people of Nepal: DeLisi

Nepal makes scant progress in rebuilding 2 years after quake

Communities need to be honest about what is needed as opposed to following our lead: Andrew