कृषि यान्त्रीकरण दर ४० प्रतिशत

agricultureधनगढी, २४ जेठ । नेपालमा कृषि यान्त्रीकरण दर ४० प्रतिशत पुगेको एक तथ्याङ्क सार्वजनिक भएको छ ।

कृषि मन्त्रालयको पहलमा कृषि यान्त्रीकरण रणनीति तर्जुमाका लागि सुझाव सङ्कलन गर्न आइतबार यहाँ आयोजित गोष्ठीमा दिइएको जानकारीअनुसार दुई दशकयता कृषकले सरकारको कुनै लगानीबिना कृषि यान्त्रीकरणको प्रयोग र विस्तार बढाएको छ ।

कृषि यान्त्रीकरणमा भएको अभिवृद्धिसँगै देशको कुल खेतीयोग्य २६ लाख ५० हजार हेक्टर जग्गामध्ये १० लाख ३० हजार हेक्टर जग्गा कृषि यन्त्र अर्थात् ट्र्याक्टरबाट खनजोत गर्न थालिएकोे र कृषि यान्त्रीकरण दर तराई क्षेत्रमा ६१ प्रतिशत, पहाडमा १५ प्रतिशत र हिमालमा दुई प्रतिशत पुगेको तथ्याङ्कमा उल्लेख छ ।

गोष्ठीमा नर्मा कन्सल्टेन्सी प्रालिका डा वीरेन्द्रवीर बस्न्यातले यान्त्रीकरणबिना कृषिको आधुनिकीकरण असम्भव देखिएको महसुस गरी सरकारले कृषि यान्त्रीकरणका लागि रणनीति बनाउन लागेको बताउनुभयो ।

कृषिमा यान्त्रीकरण भइरहे पनि कृषकमा आवश्यक प्राविधिक ज्ञानको अभाव देखिएको बताइएको छ ।

कृषि यान्त्रीकारणसँगै खनजोत गर्दा हलो र कोदाली प्रयोग गर्नेहरु विस्तारै कम हुँदै गएको बताइन्छ । भौगोलिक बिकटताका कारण पहाडी क्षेत्रका अधिकांश किसानले हलो र कोदाली नै प्रयोग गर्नुपर्ने बाध्यता अझै छ ।

कृषि यान्त्रीकरणको अपरिहार्यतालाई महसुस गरी सरकारले विसं २०७१ मा कृषि यान्त्रीकरण प्रवद्र्धन नीति जारी गरिसकेको छ । यो नीतिले भौगोलिक उपयुक्तता, साना किसान मैत्री, महिला कृषक मैत्री र वातावरण मैत्री कृषि यन्त्रलाई प्राथमिकतामा राखेको छ ।

गोष्ठीमा कृषि यन्त्रमा कृषकको पहँुच र उपयोग वृद्धिका उपाय, कृषि यन्त्र आपूर्ति व्यवस्थालगायतका बारेमा सुझाव लिइएको थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter