पर्यटन प्रवद्र्धनका लागि पर्यटन सुन्दरी प्रतियोगिता

Miss-nepalकाठमाडौँ, २४ जेठ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा पर्यटन प्रवद्र्धन गर्ने मुख्य उद्देश्यले पहिलो पटक ‘मिस टुरिज्म–२०१६’ को आयोजना गरिने भएको छ ।

प्वाइन्ट मिडिया प्रालिले आगामी भदौ २५ गते ‘पर्यटन सुन्दरी–२०७२’ कार्यक्रम आयोजना गर्न लागेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ । उक्त प्रतियोगिताका लागि असार १ गतेदेखि आवेदन खुला गरिने छ । अठार देखि २५ वर्ष उमेर समूहका अविवाहित महिलाले असार ३१ सम्म आवेदन दिन सक्ने आयोजकले जनाएको छ ।

‘मिस टुरिज्म’लाई भव्य, सभ्य र विवादरहित बनाउन सिङ्गो पर्यटन क्षेत्रसँग सहकार्य गरिने आयोजक प्वाइन्ट मिडियाका प्रबन्ध निर्देशक नवीन काफ्लेले बताउनुभयो । काठमाडौँ, पोखरा र चितवनका पर्यटकीयस्थलबाट प्रतियोगी छनोट गरिने छ । मिस टुरिज्मलाई रु ५० हजार, फस्ट रनर अपलाई रु ३० हजार र सेकेन्ड रनर अपलाई रु २० हजार प्रदान गरिने जनाइएको छ ।

कार्यक्रममा सहभागी पर्यटन व्यवसायीले पहिलो पटक आयोजना गर्न लागिएको प्रतियोगिताले नेपालको पर्यटन प्रवद्र्धनका लागि महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । पर्यटन व्यवसायी हरि धरेल, मोहन लम्साल, राजन सिंखडा लगायतले मिस टुरिज्म नयाँ पर्यटकीय कार्यक्रम भएको र यसलाई व्यवस्थित गरी विश्व बजारमा प्रवद्र्धन गरिनुपर्नेमा जोड दिनुभयो ।

ठमले पर्यटन विकास परिषद्का अध्यक्ष रामशरण थपलिया र राष्ट्रिय पर्यटन पत्रकार सङ्घ (नाटोज)का अध्यक्ष शिव अधिकारीले पर्यटन क्षेत्रमा महिला आकर्षणका लागि प्रतियोगिता सान्दर्भिक हुने भन्दै यसलाई सफल पार्न सबैको सहयोग चाहिने बताउनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter