अम्बरको अवसान; हिन्दू र बौद्ध दुवै विधिबाट अन्येष्टि गरिने

ambar-gurung-musician-singer-writerकाठमाडौँ, २५ जेठ । वरिष्ठ सङ्गीतकार अम्बर गुरुङको निधन गए राति अर्थात् आज बिहान २ बजेर ३७ मिनेटमा निधन भएको छ ।

ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका जनसम्पर्क तथा सञ्चार व्यवस्थापक विनोद अधिकारीले उपचारमा संलग्न चिकित्सक डा चक्रराज पाण्डेलाई उद्धृत गर्दै भन्नुभयो, “उहाँको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । तर एक्कासि मुटुको चाल घट्यो । मुख्य कुरा बुढ्यौलीमा हुने शारीरिक कमजोरीका कारण उहाँको निधन भएको हो ।”

भोजन नली, मधुमेह, रक्तचाप लगायत समस्यासँग जुधिरहनुभएका गुरुङको केही दिनदेखि अस्पतालमा उपचार भइरहेको थियो । यसअघि उहाँको भारतको मेदान्त अस्पतालमा उपचार भएको थियो ।

भारतको दार्जिलिङमा जन्मेर नेपाल आई उहाँले नेपाली गीतसङ्गीतमा योगदान गर्नुभएको थियो । ‘रातो र चन्द्रसूर्य’, ‘नौ लाख तारा उदाए।।।, ‘म अम्बर हुँ, तिमी धर्ती।।।’ लगायत करिब हजार गीतमा उहाँले सङ्गीत भर्नुभएको थियो । उहाँ गीतकार, सङ्गीतकार र गायक तीनै विधामा पोख्त हुनुहुन्थ्यो । जनजीवनमा उहाँलाई ‘राष्ट्रगायक’ भन्न थालिइसकेको थियो ।

उहाँ नेपाल सङ्गीत तथा नाट्य प्रतिष्ठानका प्रथम कुलपति हुनुहुन्थ्यो । उहाँका श्रीमती, तीन छोरा र एक छोरी हुनुहुन्छ ।

सङ्गीतकार गुरुङको हिन्दू र बौद्ध दुवै विधिद्वारा अन्तिम संस्कार गरिने भएको छ । उहाँको शव आज बिहान १०ः५१ बजे ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालबाट नेपाल प्रज्ञा–प्रतिष्ठान लगिने छ । त्यहाँ अपराह्न ३ बजेसम्म श्रद्धाञ्जलिका लागि राखिने उहाँका माहिला छोरा राजुले जानकारी दिनुभयो । रासससँग कुरा गर्दै उहाँले भन्नुभयो, “बुबाको पशुपति आर्यघाटमा आजै दाहसंस्कार गरिने छ । अन्तिम संस्कार हिन्दू र बौद्ध दुवै विधिबाट हुनेछ ।

अहिले ग्रान्डी अस्पतालमा सङ्गीतज्ञ गुरुङलाई अन्तिम श्रद्धाञ्जलि दिन विभिन्न क्षेत्रका व्यक्ति आउने क्रम जारी छ । भोजन नली, मधुमेह, रक्तचाप लगायत समस्याका कारण गुरुङको निधन भएको हो । उहाँ गत हप्तादेखि स्थानीय ग्रान्डी अस्पतालमा उपचारत हुनुहुन्थ्यो । यसअघि उहाँको भारतको मेदान्त अस्पतालमा उपचार भएको थियो ।

विसं १९९४ फागुन १४ गते भारतको दार्जिलिङमा उहाँको जन्म भएको थियो । प्रवासमा जन्मेर नेपाल आई उहाँले नेपाली गीतसङ्गीतमा योगदान गर्नुभयो । उहाँको पहिलो गीत ‘नौलाख तारा उदाए…’ विसं २०१८ मा कोलकातामा रेकर्ड भएको थियो । विसं २०२४ मा नेपाल आउनुभएका गुरुङले २०२६ देखि नेपाल प्रज्ञा– प्रतिष्ठानमा सङ्गीत निर्देशकका रुपमा काम गर्नुभएको थियो । उहाँ २०२७ सालमा गोरखा दक्षिण बाहुले विभूषित हुनुभयो । ‘मेरो देश’, ‘सपना कतिपय’, ‘मनको बाँध’, ‘जीवन रेखा’ आदि नेपाली चलचित्रलाई उहाँले सङ्गीतबद्ध गर्नुभएको थियो । त्यस्तै ‘फर्केर हेदार्’, ‘जब घाम लाग्छ’, ‘पहाड चिच्याइरहेछ’ जस्ता नाटक र गीति नाटक ‘मालती मङ्गले’ र ‘मुनामदन’लगायतमा समेत उहाँले सङ्गीत भर्नुभएको नेपाली गीतसङ्गीतका अध्येता प्रकाश सायमीले बताउनुभयो ।

त्यसैगरी उहाँले ‘रातो र चन्द्रसूर्य’, ‘नौ लाख तारा उदाए…, ‘म अम्बर हुँ, तिमी धर्ती…’ लगायत करिब ५०० गीतमा सङ्गीत भर्नुभएको थियो । उहाँ गीतकार, सङ्गीतकार र गायक तीनै विधामा पोख्त हुनुहुन्थ्यो । जनजीवनमा उहाँलाई ‘राष्ट्रगायक’ भन्न थालिइसकेको थियो । सरकारले उहाँलाई नेपाली सेनाको मानार्थ महासेनानीबाट सम्मान गरेको थियो ।

नेपाल सङ्गीत तथा नाट्य प्रतिष्ठानका प्रथम कुलपति गुरुङले करिब हजार गीतमा सङ्गीत भर्नुभएको थियो भने छ÷सात सय गीत उहाँकै शब्द र स्वरमा रहेका छन् । रासस

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter