मन्त्रिपरिषद् बैठकः उपराष्ट्रपतिको चीन भ्रमण स्वीकृत

oli-cabinet-1st-meetingकाठमाडौँ, २६ जेठ । सरकारले उपराष्ट्रपति नन्दबहादुर पुनको आगामी चीन भ्रमण स्वीकृत गरेको छ ।

सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले उपराष्ट्रपति पुनको आगामी जेठ २८ गतेदेखि असार २ गतेसम्म हुने मित्रराष्ट्र चीनको औपचारिक भ्रमणलाई स्वीकृत गरेको हो । उपराष्ट्रतिमा निर्वाचित भएयता उपराष्ट्रपति पुनको यो पहिलो विदेश भ्रमण हो ।

त्यसैगरी सरकारले विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गजेन्द्र ठाकुरलाई सिँचाइ र सिँचाइ मन्त्रालयका सचिव अनुप उपाध्यायलाई विज्ञान तथा प्रविधि मन्त्रालयमा सुरुवा गर्ने निर्णय गरेको उद्योगमन्त्री सोमप्रसाद पाण्डेयले सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।

बैठकले नेपाल स्वास्थ्य सेवा हेल्थ इन्फेक्सन समूह अधिकृत एघारौँ तहमा भोगेन्द्रराज डोटेल, झलकशर्मा पौडेल र चन्द्रदेव महतोलाई बढुवा गरी नियुक्ति गर्ने निर्णय गरेको छ ।

त्यस्तै बैठकले थाइल्यान्डमा उपचार गराउँदै आउनुभएका जनआन्दोलन २०६२÷६३ का घाइते सिन्धु उप्रेतीको स्वास्थ्य उपचारका लागि रु १६ लाख ५६ हजार सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।

उक्त रकम त्यहाँस्थित नेपाली राजदूतावासमार्फत सरकारले उपलब्ध गराउने छ । त्यसैगरी सम्पत्ति सुद्धिकरणसम्बन्धी नियमावली–२०७३ छलफलका लागि विधेयक समितिमा पठाउने निर्णय गरेको उद्योगमन्त्री पाण्डेले जानकारी दिनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter