वाग्मतीबाट सात मेट्रिक टन फोहर व्यवस्थापन

Bagmati Cleaning Campaighकाठमाडौँ, २९ जेठ । वाग्मती सफाइ महाअभियानको १६१औँ हप्तामा वाग्मती र रुद्रमती नदी दोभानस्थित बुद्धनगर क्षेत्रमा सफाइ गरी सात मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।

नेपाल विज्ञापन सङ्घले आज आफ्नो २६औँ वार्षिकोत्सव वाग्मती सफाइमै मनाएको छ । सफाइमा सङ्घअन्तर्गतका ३० एजेन्सीको सहभागिता रहेको महासचिव नारायण श्रेष्ठले राससलाई जानकारी दिनुभयो ।

सङ्घले सफाइलाई आवश्यक पर्ने डोकोलगायत रु २५ हजार बराबरका सामग्री अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिलाई हस्तान्तरण ग¥यो ।

सफाइमा वाग्मती समिति, नेपाल प्रहरी, सशस्त्र प्रहरी, एस ट्राभल्स, उप्रेती समाज, हुमागाईं समाजलगायतका संस्थाको सहभागिता थियो । सफाइको नेतृत्व गरिरहनुभएका पूर्व मुख्यसचिव लीलामणि पौडेललगायतका अभियानकर्मीको सक्रिय सहभागिता रहेको थियो ।

आगामी शनिबार १६२औँ हप्ताको वाग्मती सफाइ थापाथली, कुपण्डोल क्षेत्रको वाग्मतीमा गरिने जानकारी पनि सो अवसरमा गराइयो । आजै पुडासैनी मैत्री समाज, राम्रो जोरपाटी हाम्रो जोरपाटीलगायत संस्थाको सहभागितामा गुह्येश्वरीमाथिको वाग्मती सफाइ गरिएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter