गङ्गा आरती : धार्मिक पर्यटनलाई टेवा पुर्याउँदै

Ganga Aratiवीरेन्द्र कर्ण / जनकपुरधाम, ३२ जेठ । धार्मिक पर्यटनको एक प्रमुख गन्तव्य जनकपुरधामको गङ्गा आरतीका कारण प्रसिद्धि बढ्दै गएको छ ।

गङ्गा आरती कै कारण राजर्षि जनकको प्राचीन मिथिला राज्यको राजधानी, भगवान् रामको ससुराली र आदर्श नारी सीताको जन्मथलो जनकपुरको धार्मिक पर्यटनमा एउटा आयाम थपिएको छ ।

जनकपुरको प्राचीन तथा ऐतिहासिक सरोवर गङ्गासागरमा सुरु भएको महागङ्गा आरतीले आफ्नो दुई वर्ष पूरा गरेको छ । आरतीले आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्यस्थलका रुपमा यहाँको सरोवरहरुको धार्मिक महत्वलाई आरतीले अझ बढाइदिएको छ । विसं २०७१ जेठ २५ गते गङ्गा दशहराको दिनदेखि पवित्र तलाउ गङ्गासागरमा सुरु भएको महागङ्गा आरतीको दोस्रो वार्षिकोत्सव भोलि बुधबार धुमधामका साथ मनाइँदै छ ।

भारतको हरिद्वारा, बनारसको गङ्गा आरती जस्तै ख्याति आर्जन गरिसकेको गङ्गा आरतीमा देश÷विदेशका गरी लाखौँ धर्मावलम्बीले सहभागिता जनाइसकेका छन् । गङ्गा आरती सुरु भएपछि पर्यटकको आगमनमा पनि क्रमिक रुपले बढ्दै गएको सेभ हिस्टोरिकल जनकपुरका संयोजक रामअशिष यादवले बताउनुभयो ।

विवाह पञ्चमी, राम नवमी, जानकी नवमी, छठ, डोला, परिक्रमा जस्ता धार्मिक गतिविधिमा गङ्गा आरतीले सुनमा सुगन्ध थप्ने काम गरेको छ । गङ्गा आरतीमा हालसम्म गणतान्त्रिक नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादव, प्रधानन्यायधीश रामकुमारप्रसाद साह, नेपालका लागि भारतीय राजदूत र श्रीलङ्काली राजदूत, शङ्कराचार्य, मन्त्री गण, विशिष्ट व्यक्तिहरुले सहभागिता जनाएका छन् ।

मिथिला महात्मका अनुसार पवित्र सरोवर गङ्गासागरको पूजाले धन, सुख, समृद्धि र सन्तानको सुख प्राप्त हुन्छ भने यसमा स्नान गर्नाले महाकुम्भमा स्नान गरेको जतिकै फल प्राप्त हुने आम विश्वास छ ।
बृहद् पुराण, विष्णु पुराण, वायु पुराण, शतपथ, भागवत, वाल्मीकि रामायण, बृहदारण्यकोषनिस जस्ता धार्मिक ग्रन्थमा पुण्यभूमि, तपोभूमि र सर्वश्रेष्ठ तीर्थस्थलका रुपमा उल्लेख गरिएकाले पनि गङ्गा आरतीको धार्मिक महत्व छ ।

गङ्गाको पूजा गर्दा हरेक प्रकारको विध्नबाधा र सङ्कटबाट मुक्ति पाइने मात्र हैन जलस्रोतको शुद्धता पनि हुन्छ ।

भनिन्छ, विश्वमा जनकपुरधाम नै एउटा यस्तो धार्मिकस्थल हो जहाँ जगत् जननी सीता र गङ्गाको पूजा एकैसाथ हुन्छ । अर्थात् धर्तीको पूजा भनेको सीताको पूजा हो भने धर्तीलाई शीतलता दिनु गङ्गाको पूजा हो ।

यज्ञवल्क्य, अष्टावक्र, गार्गी, मैत्रयीको तपोभूमिका रुपमा प्रख्यात रहेको जनकपुरमा सम्पन्न हुने गङ्गा आरतीको दोस्रो वार्षिकोत्सवको उपलक्ष्यमा आज सामूहिक स्नान, गङ्गा सागर र धनुष सागरको सफाइ तथा गङ्गा आरतीको कार्यक्रम गरिएको छ । कवि गोष्ठी, अन्तक्र्रिया लगायतका चेतनामूलक कार्यक्रम एक दिनअघिदेखि भइआएका छन् ।

आरतीमा विहारका बिजेपी विधायक विमोदा नन्द झालगायत विहारका विभिन्न दलका विधायकको सहभागिता रहने सेभ हिस्टोरिक जनकपुरका विजय झुनझुनवालाले बताउनुभएको छ ।

सन् १९८४ मा गङ्गा नदीको सफाइ राज्यको सम्पूर्ण साधन स्रोतबाट भएको, बाग्मतीको सफाइ नेपाल सरकारको साधन स्रोतबाट भए पनि धार्मिक महत्वका गङ्गा सागरको सफाइमा राज्यबाट कुनै आर्थिक सहयोग नआएको सेभ हिस्टोरिकल जनकपुरका वरिष्ठ सदस्य अशोककुमार जलानले बताउनुभयो । विगत एक वर्षदेखि पाँच जना पुजारीले नियमित रुपमा गङ्गा आरती गर्दै आइरहेका छन् ।

यति मात्र नभएर जैनहरुका गुरु २४औँ तीर्थङ्करको जन्म यहीँ भएको थियो । अन्तिम तीर्थङ्कर महावीर एउटा गणधर यहीका थिए । भनिन्छ, महावीर स्वयम् पनि यहाँ छ वर्षसम्म बसेको पुराणमा उल्लेख गरिएको छ । बौद्ध जातकमा जनकपुरको वर्णन गरिएको छ । विभिन्न प्रकरणमा स्वयम् भगवान श्रीकृष्ण यहाँ तीन पटक आएको महाभारतमा उल्लेख छ । सुफी सन्तहरुको पवित्र कर्म क्षेत्र रहेका आधारमा मुस्लिम धर्मावलम्बीका लागि पनि जनकपुर परम पावन क्षेत्र मानिन्छ ।

जनकपुरमा सामान्यतया सेप्टेम्बरदेखि डिसेम्बरसम्मको मौसम सबभन्दा अनुकूल भएकाले भक्तजनहरुले धार्मिकस्थलको दर्शनसँगै महागङ्गा आरतीमा सहभागी भई पुण्य आर्जन गर्ने गरेका छन् । रासस

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*
Advertise Section 7

TOP NEWSview all

Clean Nepal is possible as over 23 million people are willing to contribute: Khem Sharma

Even though it’s late, victims will get something from the commission: Subedi

Cecil and Harambe; a lesson for Himalayan Republic

Trip Down under

We want real conversion of our students beyond religion: Fr. Boniface Tigga, Regional Superior of Nepal Jesuit Society




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana Chairperson : Mr. Pratibedan Baidya