विकास मापन (व्यङ्ग्यविनोद)

फाईल तस्विर

फाईल तस्विर

योगीशकृष्ण : बढेका दाह्री, कपाल ।कोठाभरि पत्रपत्रिकाको थुप्रो । रेडियो, टेपरेकर्डर, रीवन र कैँचीको बीचमा मित्रवर बन्धु सोचमग्न थियो । अनुहार उज्यालो देखिए पनि शरीर थकित लाग्दथ्यो । झल्लक्क हेर्दा कुनै वैज्ञानिक जस्तो देखिने ।
मैले सोधे,“बन्धु, तिम्रो रङ्गरूप फरक देखिएको छ । केही नयाँ कुरा पत्ता लगाउन तम्सिए जस्तो ।”
उसले जबाफ दियो, “मैले विकास नाप्ने तरिका पत्ता लगाएको छु ।”

“विकास, त्यो पनि हाम्रो देशमा” मैले उल्ल्याएने प्रयास गरेँ, “ विकास नाप्ने कुरा जहाँ विकास हुन्छ त्याहाँ काम लाग्ला ।हामीकहाँ के काम यस्ता कुराको ।”

उसले प्रतिवाद गर्यो “देशमा एक से एक विकासप्रेमी नेताहरु जन्मिँदा छन् । जहाँ जाऊ त्याहाँ विकासको कुरा चलिरहेको हुन्छ । सरकार अहोरात्र विकासरत् छ । विकास मापन गर्ने तरिकाको विकास गर्न समेत सरकारी संयन्त्रलाई फुर्सद छैन । अहिले देशमा कति विकास भइरहेको छ, त्यसको जानकारी छ तिमीलाई रु कसैसँग पनि छैन । मेरो विकास मापन गर्ने स्वदेशी तरिकाबाट दिनका दिन कति विकास भइरहेको छ त्यो पत्ता लाग्छ ।यो तरिका वैज्ञानिक, सरल र उत्तिकै भरपर्दो पनि छ । ”

मित्रवर वैज्ञानिक अनुसन्धानको कुरा गरिरहेका मित्रलाई सोधे“वैज्ञानिकहरुले कतै न कतैबाट प्रेरणा पाएका हुन्छन् रे । तिमीले कोबाट कसरी प्रेरणा पायौँ ?”

मुसुक्क हाँस्दै उसले भन्यो,“ विशाल मन्त्रिपरिषद् । हो, यत्रो मुलुकको प्रशासन चलाउन झण्डै आधासय मन्त्रीहरु छन् । किन यत्राविधि मन्त्रीहरु चाहिएको रु उत्तर सरल छ–विकासका लागि ।

मुलुकको द्रूतत्तर विकासका लागि । यसबाहेक गैरसरकारी क्षेत्रबाट पनि प्रशस्त विकास भइरहेको छ ।यी सब विकासको मापन गर्नु पनि त जरुरी छ ।”

मैले उसलाई जिस्क्याएँ “कमिसन खान, घुस खान, भ्रष्टाचार जस्ता मनमोहक काम गर्न मन्त्रीहरुबाट प्रेरणा पाउनु त स्वभाविक हो, तर अनुसन्धान गर्न रु यो त अर्को अनुसन्धानको विषय भयो ।”

प्रतक्ष्य काम त तिमीले भनेजस्तै हो । मैले अप्रतक्ष्य तवरबाट प्रेरणा ग्रहण गरको हुँ । मेरो तरिका भरपर्दो छ । हिजोको दिनमा पाँचसय एक मिटर अठार घण्टा, एक हजार प्लेट र तीन सय बोतल विकास भयो । म त भन्छु यो मुलुकमा १०१ जनाको मन्त्रिपरिषद् हुनुपर्छ । अनि हेर, कसरी सुइँ सुर्इँ विकास हुन्छ । तीब्रतर विकास दरमा नेपाल अग्रणी स्थानमा हुनेछ ।”

बुद्धिजीवीहरुको अमूर्त व्याखा केही केही बुझिएला, बन्धुको कुरा बुझ्न सकिएन “मिटर, घण्टा, प्लेट र बोतल पनि कतै विकास नाप्ने मानक हुन्छ रु कतै नभएको जात्रा ।”

मेरो अज्ञानता देखेर ऊ हाँस्यो ,“उसले भन्यो कापी कलम लिएर बस । म जे जे भन्छु त्यो टिप्दै जाऊ ।यो हिजो भएकोविकास हो”

मैले त्यसै गरेँ ।
१ स्थानीय मन्त्रालय १०१ मिटर ५० घण्टा ८० प्लेट १९ बोतल
२ शिक्षा मन्त्रलय ५० मिटर २५ घण्टा २९ प्लेट ५ बोतल

मेरो अल्प बुद्धिले उसको कुरा टिप्न सकेन । मेरो जिज्ञासा शान्त पार्दै उसले भन्यो“ अजाको दिनमा कसले कति घण्टा कुन ठाउँमा भाषण गर्यो, उदघाटन कार्यक्रममा कति रीबन काट्यो, कुन होटलमा कतिओटा गोष्ठी भए र कतिजनाको खानपीन चल्यो भन्ने कुरा समाचार पढदा बुझ्न सकिन्छ । मानिलेऊ , आज बीस ओटा उद्घाटन भयो । बीस घण्टा भाषण भयो बीस उद्घाटनमा कमिसन काटेर हिसाब गरे भने पनि कमसेकम एक सय पचास मीटर रीबन त लाग्यो । त्यसै गरी कायक्रम समाप्त भएपछिको खानपीनमा हजार जना सहभागी भए । अनि रात्रीकालीन खुसियालीमा पाँच बोल मदिराको खपत भयो । यसरी आजको विकास यसरी मापन गर्न सकिन्छ ।

एक सय पचास मीटर , बीस घण्टा, हजार प्लेट पाँच बोतल ।”

मलाई कैँचीको सम्झना भयो “ उद्घघाटन गर्दा प्रयोग हुने कैँचीको त कुनै भूमिका देखिएन त ।”

उसले ओठ ब्यङ्ग्याएर उत्तर दियो “किन नहुनु तिम्रो दिमागमा यो कुरा आउँछ भने मेरो दिमागमा नआउला तरु मन्त्रालय तथा विभागका कोठाहरुमा प्रगति विवरणको ग्राफको साटो कैची राखिनु पर्छ ।”

बन्धुको कुरा सुनेर मलाई मजा लाग्दै थियो“त्यसो भए यो विकासको नाम पनि त राखे भो नि कैचीमार विकास । तर यसमा समस्या छ । कैँची त पकेटमारको प्रतीकको रुपमा चिनिन्छ । सरकार र पकेटमारको सम्बन्ध कुरा मिलेन नि ।”
उसले उत्तिकै गम्भीरतापूर्वक जबाफ दियो “सरकार र पकेटमारमा खास फरक छैन । पकटमारी निजी उद्यम हो भने सरकार साझा उद्योग हो । यसबारे पनि म अनुसन्धान गर्दैछु ।”

प्रतीक्षा गरौ– उसको अनुसन्धानको निष्कर्षको ।

(लेखकको यो लेख २०५३ सालमा बुधवार साप्ताहिकमा प्रकाशित भएको थियो तर हालसम्मपनि देशको अवस्था उस्तै रहेकोले हामीले यसलाई पुन : प्रकाशन गरेका छौं । प्रतिक्रियाका लागि yogishkrishna81@gmail.com वा editor@nepalekhabar.com)

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*
Advertise Section 7

TOP NEWSview all

Even though it’s late, victims will get something from the commission: Subedi

Cecil and Harambe; a lesson for Himalayan Republic

Trip Down under

We want real conversion of our students beyond religion: Fr. Boniface Tigga, Regional Superior of Nepal Jesuit Society

I am inspired by the kindness, decency and warmth of the people of Nepal: DeLisi