नौ बुँदे काठमाडौँ घोषणापत्र जारी

Nepal Press Unionकाठमाडौँ, ४ असार । पत्रकार आचारसंहिताको पूर्णपालना गर्नुपर्ने निचोड निकाल्दै दुई दिने महिला राष्ट्रिय भेला यहाँ सम्पन्न भएको छ ।

नेपाल प्रेस युनियन महिला विभागले आयोजना गरेको उक्त भेलामा देशभरका चारसय महिला पत्रकारको सहभागिता थियो ।
भेलाले श्रमजीवी महिला पत्रकारको पेसागत सुरक्षा, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, संविधान प्रदत्त मौलिक अधिकारको पूर्ण सम्मान गर्दे पत्रकार आचारसंहिताको पूर्णपालना गर्नुपर्नेलगायत नौं बँुदे काठमाडौँं घोषणपत्र जारी गरेको छ ।

व्यक्तिको चरित्र र मर्यादामा ठेस पु¥याउने समाचार सम्प्रेषण गरेको तथ्य र तथ्याङ्क बाहिर प्रकाशित भएकाले पत्रकारिता क्षेत्रलाई मर्यादित र सम्मानजनक बनाउन नेपाल प्रेस युनियन महिला विभागले पत्रकार आचारसंहिता पालनामा जोड दिएको महिला विभाग प्रमुख बाला अधिकारीले जानकारी दिनुभयो ।
भेलाले संविधानले व्यवस्था गरेअनुसार हरेक सञ्चारगृहमा ३३ प्रतिशत महिलाको सुनिश्चितता, स्वस्थ्य उपचारमा विनियोजित ५० प्रतिशत छुट व्यवस्था तत्काल लागू गर्नुपर्ने उल्लेख छ ।

त्यसैगरी सरकारले घोषणा गरेको पत्रकारको न्यूनतम पारिश्रमिक रु १९ हजार ५०० रकमलाई तत्काल लागू गर्नुपर्ने, सुत्केरी र किरिया बिदा तथा रात्रिकालीन सेवामा रहँदा यातायातको सुविधा, ६ जना भन्दा बढी महिला कामदार रहेको सञ्चारगृहमा शिशु स्याहार केन्द्रको व्यवस्थालगायतको सुविधा हुनुपर्ने ध्यानार्कषण गरेको थियो ।

भेला समापन गर्दे नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व अर्थमन्त्री डा रामशरण महतले पत्रकारितामा क्रमशः विकृति मौलाउँदै गएकाले सुद्धिकरणको आवश्यकतामा जोड दिनुभयो ।

उहाँले व्यावसायिक विकासका लागि क्षमताआर्जन गर्नु, सत्यको खोजी गर्नु, असत्यको तिरस्कार गर्नु तथा मूल्य र मान्यताको जगमा उभिएर पत्रकारिता गर्नु आजको आवश्यकता रहेको बताउनुभयो ।

नेपाल प्रेस युनियन प्रजातन्त्रवादी पत्रकारको छाता सङ्गठन हो । यस संस्थामा १० हजार सदस्य आवद्ध छन् । जसमध्ये महिला पत्रकारको सङ्ख्या पाँचसय रहेको छ ।

युनियन अन्तर्राष्ट्रिय पत्रकार सङ्गठन (आइएफजेको) को सदस्यता लिने पहिलो संस्था हो । संस्थाको ७३ जिल्लामा जिल्ला शाखा रहेका छन् । संस्था २०४८ साल जेठ १३ गते स्थापना भएको हो ।

भेलामा महिलाको आयाम र उनीहरुले पाएका दुःखको बारेमा चर्चा हुुनुको साथै नेपाली पत्रकारिताको इतिहासका बारेमा वरिष्ठ पत्रकार राजेन्द्र दाहाल, नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिङ्देल, महिला पत्रकार निर्मला आचार्य, राधा चालिसेलगायतले धारणा राख्नुभएको थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter