पल्सर स्पोर्टस अवार्ड साउनको पहिलो हप्ता

Logo of Nepal Sports Journalist Forumकाठमाडौँ, ५ असार । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले यो वर्ष बजाज पल्सर स्पोर्टस अवार्ड आगामी साउन महिनाको पहिलो हप्ता गर्ने भएको छ । अवार्डको १२औँ संस्करण आगामी साउन ६ गते गर्ने निर्णय गरिएको मञ्चले यहाँ आज पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ ।

यो वर्ष विभिन्न आठ विधामा अवार्ड प्रदान गरिनेछ जसमा उत्कृष्ट पुरूष, महिला र युवा खेलाडी तथा वर्षका उत्कृष्ट प्रशिक्षकका अवार्ड हुनेछन् । त्यस्तै, लाइफटाइम अचिभमेन्ट अवार्ड, लोकप्रिय खेलाडी, वर्षका उत्कृष्ट पारा खेलाडी र स्पेशल अवार्डसमेत प्रदान गरिनेछ । त्यसमध्ये वर्षका उत्कृष्ट पुरूष, महिला र लोकप्रिय खेलाडीले जनही एउटा पल्सर मोटरसाइकल पाउनेछन् । त्यसैगरी, अन्य विधाका विजेताले रु ५० हजार पाउनेछन् ।

मञ्चका सचिव राजु घिसिङको संयोजकत्वमा रहेको खेलाडी छनोट समितिले विभिन्न विधामा परेका खेलाडीको सूची सार्वजनिक गरेको बताइएको छ । सोही समितिले छानेका खेलाडीमध्ये उत्कृष्ट खेलाडी पुरस्कृत हुने मञ्चले जनाएको छ ।

मञ्चले हरेक वर्ष अवार्डको आयोजना गर्दै आएपनि अघिल्लो वर्ष भूकम्पका कारण अवार्ड रोकिएको थियो । तर अबका दिनमा अवार्डलाई निरन्तरता दिइने मञ्चको भनाइ छ ।

यसैबीच, मञ्चले पल्सर स्पोर्ट्स् अवार्ड २०७२ का मुख्य प्रायोजक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिसँग पाँच वर्षका लागि रु १५ लाख बराबरको प्रायोजन सम्झौता गरेको छ ।

सम्झौतापत्रमा मञ्चका तर्फबाट अध्यक्ष महेश आचार्य र हंसराज हुलासचन्दका तर्फबाट कार्यकारी निर्देशक शेखर गोल्छाले हस्ताक्षर गर्नुभयो । सम्झौताअनुसार हंसराजले रु सात लाख बराबरको तीनथान पल्सर बाइक उपलब्ध गराउनेछ जसबापत अवार्डको नाम बजाज पल्सर स्पोर्ट्स् अवार्ड–२०७२ हुनेछ ।

सम्झौतापत्र आदानप्रदान गर्दै कम्पनीका कार्यकारी निर्देशक शेखर गोल्छाले यस वर्ष मञ्चसँग रु १५ लाखको सम्झौता गरेपनि आगामी वर्षमा प्रायोजन बढाउँदै लैजाने बताउनुभयो ।

मञ्चका अध्यक्ष आचार्यले अवार्डको बजेट रु ३० लाख रहेको जानकारी दिँदै यस्ता अवार्ड आयोजना गरेर खेलाडी र खेल क्षेत्रको विकासमा टेवा पुर्याउने कार्यमा निरन्तर लागिपर्ने बताउनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter