नौ महिनापछि संसद् नियमावली पारित

Parliamentकाठमाडौँ, ५ असार । अन्ततः संसदीय सुनवाइ समिति १५ सदस्यीय हुनेभएको छ । व्यवस्थापिका–संसद्को आजको बैठकको व्यवस्थापिका–संसद् नियमावली, २०७३ को मस्यौदालाई ध्वनिमतले संविधान जारी भएको नौ महिनापछि पारित गरेपछि सो सुनुवाइ समिति १५ सदस्यीय हुने भएको हो ।

बैठकमा व्यवस्थापिका –संसद्को नियमावली मस्यौदा समितिका सभापति राधेश्याम अधिकारीले व्यवस्थापिका–संसद् नियमावली, २०७३ को मस्यौदा प्रतिवेदन गरियोस् भन्ने प्रस्ताव बैठकमा प्रस्तुत गर्नुभएको थियो ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले पुरानै संरचना अुनसार समिति ७५ सदस्यीय हुनुपर्ने तथा सत्तारुढ दल नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले नयाँ संविधान अनुरुप १५ सदस्यीय हुनुपर्ने अडान राख्दै आएका थिए । काँग्रेसले मस्यौदा प्रतिवेदन नियम १८४ को उपनियम २ बुँदालाई फिर्ता लिएपछि संसदीय समिति सानो आकारको बन्न लागेको हो । प्रमुख प्रतिपक्षी दलका आनन्दप्रसाद ढुङ्गानाले सो प्रतिवेदनको नियम १८४ को उपनियम २ लाई फिर्ता लिने जानकारी सदनलाई गराउनुभएको थियो ।

उहाँले सोही प्रतिवेदनको नियम १८५ को उपनियम ५ फिर्ता नलिने जानकारी गराउनुभएको थियो । सो संशोधनलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको थियो ।

यसैगरी बैठकले नेकपा (एमाले)का प्रमुख सचेतक भानुभक्त ढकालले प्रस्तुत गरेकोे प्रतिवेदनको नियम १८४ को उपनियम २ संशंोधनलाई बहुमतले स्वीकृत गरेको छ ।यसैगरी बैठकमा हरिचरण साह र रामकुमार राईले राखेको संशोधन प्रस्तावलाई बहुमतले अस्वीकृत गरेको थियो । सदनको बैठकले नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल र अनुराधा थापा मगरले मस्यौदा प्रतिवेदन संशोधनको प्रस्तावलाई बहुमतले अस्वीकार गरेको थियो ।

व्यवस्थापिका संसद् नियमावली मस्यौदा समिति बनाउने निर्णय विसं २०७२ असोज २५ गते भएको थियो । यसअघि बैठकमा नियमावली मस्यौदा समितिका सभापति अधिकारीले मस्यौदा प्रतिवेदनमाथि दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । सो छलफलमा प्रमुख प्रतिपक्षी दलका ढुङ्गाना, नेकपा (एमाले)का ढकाल तथा नेमकिपाका प्रेम सुवाल र राधा थापामगर तथा सांसद साह र राईले भाग लिनुभएको थियो ।

मस्यौदा प्रतिवेदन पारित सम्बन्धमा सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दलका बीच हुन्छ र हुँदैन भन्ने विषयमा अन्योल भएपछि सभामुख ओनसरी घर्तीले सदनको बैठक आधा घन्टाका लागि स्थगन समेत गर्नुभएको थियो ।

समितिमा को को छन्

सो समितिमा रहनुभएका सदस्यमा अनिताकुमारी परियार, अष्टलक्ष्मी शाक्य, आनन्दप्रसाद ढुङ्गाना, कुलबहादुर गुरुङ, गणेशमान गुरुङ, चीनकाजी श्रेष्ठ, चित्रलेखा यादव, धर्मनाथप्रसाद साह, डा प्रकाशशरण महत, बालकृष्ण खाँड, भानुभक्त ढकाल, योगेन्द्र चौधरी, हितराज पाण्डे, सयेन्द्र वान्तवा रहनुभएको छ । एक जना पछि मनोनयन गरिने बताइएको छ । ती नाम सभामुखले बैठकमा पढेर सुनाउनुभएको थियो । व्यवस्थापिका–संसद्को अर्काे बैठक सोमबार बिहान ११ बजे बस्नेछ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter