बालबालिका उच्च जोखिममा

Childrenभक्तपुर, १० असार । भक्तपुरमा दुई हजार १४२ जना बालबालिका उच्च जोखिममा रहेका छन् । तीमध्ये ९८० जना बालक र एक हजार १६२ जना बालिका रहेको जिल्ला बालकल्याण समिति भक्तपुरले जनाएको छ ।

समितिका अनुसार बाबुआमा वा उमेर पुगेका एकाघरका नातेदारबाट अलगिएका ११० बालक र १७४ बालिका रहेका छन् भने कुनै पनि बयस्कको संरक्षणमा नरहेका आठ बालक एक बालिका रहेका छन् । त्यसैगरी जोखिममा परेर आवासीय बालगृहमा रहेका १२ बालक र १४ बालिका रहेका छन् भने विभिन्नखाले जोखिममा परेका ८५० बालक र ९७३ बालिका रहेका छन् ।

समितिले गत वर्षको भूकम्पपछि जिल्लामा भूकम्प र अन्य कारणले जोखिममा रहेका बालबालिकाको स्थलगत सर्वेक्षण गरेको थियो । सो सर्वेक्षणअनुसार जिल्लाका छ नगरपालिकामध्ये सबैभन्दा बढी भक्तपुर नपामा २४८ बालक र २४९ जना बालिका गरी कुल ४९७ जना जोखिममा रहेको जिल्ला बालकल्याण अधिकृत सुशीला सिंखडाले जानकारी दिनुभयो ।

त्यसैगरी, मध्यपुर थिमिमा १९१ बालक र २८४ बालिका, चाँगुनारायण नपामा १६९ बालक र १८१ बालिका, सूर्यविनायक नपामा १२७ बालक र १५० बालिका, नगरकोट नपामा १६९ बालक र १७२ बालिका, अनन्तलिङ्गेश्वर नपामा ७६ बालक र १२६ बालिका जोखिममा रहेका छन् ।

सर्वेक्षणका क्रममा जिल्लामा १६६ बालक र २५७ जना बालिका बालश्रमिकका रुपमा कार्यरत रहेको पाइएको महिला विकास अधिकृत निलाकुमारी घिमिरेले जानकारी दिनुभयो ।

भूकम्पपछि गरिएको सर्वेक्षणमा धेरैजसो बालबालिका मानसिक तनावमा रहेको पाइएको बताउँदै परिवारको आर्थिक अवस्था कमजोर, अभिभावक गुमाएको र घरेलु हिंसाको सिकार भएपछि बाध्य भई होटल, गलैँचा कारखाना, जरी कारखानालगायतका स्थानमा बालमजदुरका रुपमा कार्य गर्न बाध्य हुनुपरेको अवस्थासमेत रहेको उहाँले जानकारी दिनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter