पाटेबाघको सङ्ख्या वृद्धि

Chitwan National Parkबर्दिया, १२ असार । पछिल्लो समयमा पाटेबाघको सङ्ख्या नेपालमा बढ्न थालेको छ । बाघ संरक्षण गर्ने अभियान चलेपछि वृद्धि भएको हो तर यसको चोरी–सिकार हुने क्रम भने कायमै छ । यसले बाघको संरक्षणमा चुनौती समेत देखिएको छ । नेपालमा तराईका जङ्गल, भित्रीमधेस क्षेत्र, चुरे र महाभारत क्षेत्रमा प्रशस्त पाइने पाटेबाघ लोप हुँदै बर्दिया, बाँके, चितवन लगायत पर्सा वन्यजन्तु आरक्षमा सीमित हुन पुग्यो । बाघको चोरी–सिकार, बासस्थान विनाश, आहारा प्रजातिमा कमी लगायत जमिनको खण्डीकरणका कारण बाघ लोप हुने क्रम बढेको पाइन्छ ।

सन् १९३० को दशकमा सोखका लागि गरिएका सिकार पनि बाघ लोप हुनाको प्रमुख कारण हो । विश्वमा पाइने नो प्रजातिका बाघमध्ये बाली, जाभा र क्यास्पियन प्रजाति लोप भइसकेका छन् । हाल विश्वमा विभिन्न प्रजाति गरी चार हजार २४० बाघ छन् । बाघ पारिस्थितिकीय प्रणालीको एक प्रमुख र स्वास्थ्य जङ्गलको सूचक मानिन्छ । पछिल्लो समय नेपालमा बाघ संरक्षणका लागि गरिएका प्रयासले बाघको सङ्ख्या वृद्धि हुन थालेको छ ।

सन् २०१३ को बाघ सर्भेक्षण अनुसार चितवनमा १२०, बर्दियामा ५०, शुक्ला फाँटामा १७, पर्सामा सात र बाँकेमा चार पाटेबाघ छन् । सन् २०१६ को बर्दियामा गरिएको बाघ अनुगमनबाट बाघको सङ्ख्या बढ्ने देखिन्छ । बाँके राष्ट्रिय निकुञ्ज स्थापनापछि बाघका लागि बर्दिया राष्ट्रिय निकुञ्ज थप प्रभावकारी बन्दै गइरहेको बर्दिया राष्ट्रिय निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत रमेश थापा बताए । रासस

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*
Advertise Section 7

TOP NEWSview all

Even though it’s late, victims will get something from the commission: Subedi

Cecil and Harambe; a lesson for Himalayan Republic

Trip Down under

We want real conversion of our students beyond religion: Fr. Boniface Tigga, Regional Superior of Nepal Jesuit Society

I am inspired by the kindness, decency and warmth of the people of Nepal: DeLisi