विदेश जाने सन्तानब्बे प्रतिशत कामबारे अनभिज्ञ

Labor, Foreign Employmentकाठमाडौँ, १३ असार । वैदेशिक रोजगारीमा जाने ९७ प्रतिशत नागरिकलाई आफू के काम गर्नका लागि विदेश जाँदैछु भन्ने समेत थाहा नहुने एक अध्ययनले बताएको छ ।

महिला र कानुन मञ्चद्वारा यहाँ आज आयोजित अन्तक्र्रिया कार्यक्रममा अधिवक्ता विमला खड्काले प्रस्तुत गरेको अध्ययन प्रतिवेदनमा वैदेशिक रोजगारीमा जाने तीन प्रतिशतलाई मात्र आफू जाने देश र गर्ने कामका बारेमा जानकारी हुने बताउनुभयो । अध्ययन अनुसार आठ प्रतिशतलाई आफूले पाउने तलबका बारेमा जानकारी हुन्छ भने बाँकी सो जानकारीबिना नै विदेश जाने गरेका छन् । झन्डै तीन महिना लगाएर गरिएको अध्ययनमा विदेश जाने ७१ प्रतिशत काठमाडौँ उपत्यका बाहिरका तथा बाँकी उपत्यकाबाट जाने गरेको पाइएको छ ।

त्यसैगरी पछिल्लो समय मानव बेचबिखन र मनोरञ्जनका लागि मात्र नभई नेपालीहरु शरीरका महत्वपूर्ण अङ्ग झिकाउन, बेचबिखन गर्न, घरेलु काम, धार्मिक वा सांस्कृतिक काममा लाग्न, माग्न समेत प्रयोग हुने गरेको उल्लेख छ । सरकारी वकिल, प्रहरी र पीडित पक्षबीच समन्वयको अभाव हुँदा वैदेशिक रोजगारीका क्रममा हुने विभिन्न किसिमको समस्याका समाधान हुन नसकेको अधिवक्ता दिलीप कोइरालाले जानकारी गराउनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter