प्राधिकरणको अधिकार उपक्षेत्रीय कार्यालयमा प्रत्यायोजन

Nepal Reconstruction Authorityकाठमाडौँ, १३ असार । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले उपक्षेत्रीय कार्यालयलाई गैरसरकारी संस्थासँग समन्वय गर्नेलगायतका काम गर्ने अधिकार प्रत्यायोजन गरेको छ ।

उपक्षेत्रीय कार्यालयलाई थप प्रभावकारी र क्रियाशील बनाउन अधिकार प्रत्यायोजन गरिएको प्राधिकरणले जनाएको छ । भूकम्पबाट अतिप्रभावित १४ जिल्लालाई समन्वय गर्न गोरखा, दोलखा, काभ्रेपलाञ्चोक, नुवाकोट, काठमाडौँ र ललितपुरमा उपक्षेत्रीय कार्यालय स्थापना गरिएको छ ।

उपक्षेत्रीय कार्यालयलाई कार्यालय सञ्चालनसम्बन्धी कार्य, गैरसरकारी संस्थाबाट प्राप्त परियोजना प्रस्तावको मूल्याङ्कन, स्वीकृति, अनुगमनलगायतको जिम्मेवारीको अधिकार प्रत्यायोजन गरिएको प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले राससलाई जानकारी दिनुभयो ।

“कार्यालयलाई ऐतिहासिक, धार्मिक, सांस्कृतिक सम्पदा र स्मारकको जिल्लागत विवरण तयार पार्ने, पुनःनिर्माण तथा पुनःस्थापनासँग सम्बन्धित कार्यक्रमको मापदण्ड निर्धारण एवम् गुणस्तरको अनुगमन गर्ने, जिल्लास्तरीय कार्यक्रमको संशोधन गर्नेलगायत जिम्मेवारी दिइएको छ”–उहाँले भन्नुभयो ।

कार्यालयका कामको साझेदार संस्था, नागरिक समाज, स्थानीय सञ्चारमाध्यमको संलग्नतामा सार्वजनिक सुनुवाइ, सार्वजनिक परीक्षण, सामाजिक परीक्षण तथा तेस्रो पक्ष परीक्षणको काम गराउने अधिकारसमेत प्रत्यायोजन गरिएको प्राधिकरणले जनाएको छ ।

उपक्षेत्रीय कार्यालयले निजी आवास पुनःनिर्माणसम्बन्धी कार्यको दैनिक एवम् साप्ताहिक विवरण छिटो माध्यमबाट प्राधिकरण केन्द्रीय कार्यालयमा पठाउन पनि निर्देश गरेको छ ।

मातहतका जिल्लामा भएका पुनःनिर्माणका गतिविधि नियमितरुपमा सार्वजनिक, सूचना प्रणालीलाई व्यवस्थित गर्ने, सबै प्रकारका गुनासो सङ्कलन, विश्लेषण, सम्बोधन गर्ने, सम्बोधन हुन नसकेका गुनासो समाधानका लागि केन्द्रमा पठाउने र आवश्यक पर्ने सुरक्षा व्यवस्थाका लागि सम्बन्धित निकायसँग समन्वय गरी काम गर्ने अधिकार पनि प्रत्यायोजन गरिएको प्रवक्ता थपलियाले बताउनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter