साउनबाट गङ्गालाल दुई सय शय्याको हुने

Gangalal Hospitalकाठमाडौँ, १४ असार । सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र आगामी साउनबाट २०० शय्याको हुने भएको छ । बिरामीको चाप बढ्दै गएपछि १६० शय्या भएको अस्पतालमा ४० शय्या थप गर्न लागिएको अस्पतालका प्रशासन प्रमुख दीपेन्द्र खड्काले जानकारी दिनुभयो । २०५२ सालमा स्थापना गरिएको अस्पतालमा देशका विभिन्न भागबाट बिरामी भएर आएका बिरामीले निःशुल्क उपचार पाउँदै आएका छन् ।

सरकारले विपन्न, गरिब र मुटु रोगी भई उपचार गर्न नसक्ने अवस्थामा भएका बिरामीका लागि पनि अस्पतालमा सहुलियतको व्यवस्था गरेको छ । केन्द्रमा गरिब बिरामी भनी १५ वर्ष मुनिका बालबालिकाको मुटुको उपचार २०६४÷६५ सालमा ७१३ बिरामीको उपचार गरेको छ ।

त्यसैगरी, २०६५÷६६ मा ६२७, २०६६÷६७ मा ६४८, २०६७÷६८ मा ७७६, २०६८÷६९ मा ७२१, २०६९÷७० मा ६६१, २०७०÷७१ मा ६४७ र २०७१÷७२ सालमा ५५० जना बालबालिकाको मुटुको निःशुल्क उपचार गरेको छ ।

सरकारले १५ वर्षमुनिका कुनै पनि बालबालिका उपचार नपाएर मृत्युको मुखमा जानु नपरोस् भनी २०६३÷०६४ सालमा निःशुल्क उपचार गर्ने निर्णय गरेको थियो ।

यस्तै, सरकारले आर्थिक वर्ष २०६४÷६५ मा ७५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई मुटु रोग लागेमा निःशल्क उपचार गर्ने व्यवस्था गरेको छ । २०६४÷६५ मा ६६ जना, ७५ वर्षभन्दा माथिको ज्येष्ठ नागरिकको उपचार गरेको प्रशासन प्रमुख खड्काले बताउनुभयो । सरकारले २०६४÷६५ देखि २०७१÷७२ सम्म एक हजार ८१ जना ज्येष्ठ नागरिकको उपचार गरेको जानकारी खड्काले दिनुभयो ।

आव २०६६÷६७ बाट मुटुको भल्ब साँघुरिएको बिरामीको उपचार पनि निःशुल्क गर्ने निर्णय सरकारले गरेपछि २०६६÷६७ बाट आव २०७१÷७२ सम्म दुई हजार ३७२ बिरामीको मुटुको भल्ब साँघुरिएको भल्ब बेलुनद्वारा फुलाउने पिटिएमसी प्रविधिबाट उपचार गरिएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter