लोपोन्मुख चर्या नृत्य ‘बज्र सरस्वती’ मञ्चन

Bajrayanकाठमाडौँ, १४ असार । नेवा डान्स एकेडेमीले विलुप्त हुन लागेको ‘बज्र सरस्वती’ को चर्या नृत्य मञ्चन गरेको छ ।

लोपोन्मुख यस नृत्यलाई पहिलो पटक बौद्ध विद्वान् यज्ञमानपति बज्राचार्यको निर्देशनमा कोरियोग्राफरद्वय रोहिया महर्जन र रीना महर्जनले गएको शुक्रबार एनडिए क्लासिकल नाइटमा सुन्दर ढङ्गले प्रस्तुत गर्नुभएको हो । चर्या नृत्य बज्रयान बुद्धधर्मका अनुयायीहरुले गर्ने एक आराधना हो ।

महिनौँदेखिको अभ्यासपछि यो चर्या नृत्य सिक्न आफूहरु सफल भएको र यसका लागि जप र ध्यान गर्नुपर्ने गुरु यज्ञमानको पूर्व सर्तलाई आफूले पालना गरेको एकेडेमीका अध्यक्ष महर्जनले बताउनुभयो ।

महाविद्यालयको शिक्षामा यो नृत्यको प्रसङ्ग रहे पनि कोही पनि गुरुले यसलाई पूर्णतः सिकाउन सक्ने स्थिति नरहेकाले आफूले यो नृत्यलाई कठिन भए पनि उजिल्याउन प्रयास गरेको महर्जनको भनाइ छ । व्यवहारमा गुरुबाट सिकाउने नृत्यमा चार अन्तरा रहेको तर वास्तवमै यो नृत्य पाँच अन्तरामा हुनुपर्ने उहाँले बताउनुभयो ।

आठौँ शताब्दीमा साँखु निवासी पं केदार बज्राचार्यद्वारा रचित कृष्णप्रणामी तन्त्रमा बज्र सरस्वतीको तीन वटा रुप र छ वटा हातको परिकल्पना गरिएको छ । यो देवीको मूल शिक्षा मध्यमार्गी बनी समयमै काम फत्ते गर्नु र पाँच इन्द्रियलाई वशमा राख्नु हो ।

उक्त कार्यक्रममा एकेडेमीले भरत नाट्यममा प्रशिक्षण लिइरहेका ५० भन्दा बढी प्रशिक्षार्थीलाई डबलीमा उतारेको थियो । उनीहरुलाई प्रशिक्षक सन्तोष राठीले एक महिना लामो प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रमको प्रमुख अतिथि नेपाल सङ्गीत तथा नाट्य प्रतिष्ठानका कुलपति सरुभक्त हुनुहुन्थ्यो । सात वर्षअघि स्थापित यस एकेडेमीले शोभाभगवती ढल्कोमा नियमित नृत्य कक्षा सञ्चालन गर्दै आएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter