‘कृषि र पर्यटन सँगसँगै’ लाने धान दिवसको संकल्प

Paddy Dayनारायण ढुङ्गाना / चितवन, १५ असार ।
कृषि क्षेत्र विकास गर्नलाई ।
अघि बढाँै तन र मन लगाई ।
सँगसँगै कृषि पर्यटन…….

चितवनको रत्ननगर–१८ सौराहामा रहेको वरपिपल कृषक महिला समूहकी रेनुका पौडेल, सीता रिजाल र निर्मला ढकालले भाका हालेर गीत गाउँदा उपस्थित कृषकको मन फुरुङ्ग थियो । त्यसमा पर्यटन व्यवसायी र अतिथिले पनि समर्थन जनाए । उनीहरुले विषादीले ल्याएको समस्याबारे पनि गीतबाटै चेतना छरे ।…

विषादीले ज्यान सङ्कट ल्याको छ ।
जैविक खेती आजको खाँचो छ ।।

नेपालमा बढ्दो विषादीले मानिसको स्वास्थ्यलाई जोखिममा पारेका यहाँका किसान पनि चिन्तित छन् । उनीहरुले अर्गानिक खेतीमा जोड दिँदै कृषि पर्यटनको विकासमा लाग्नसमेत आह्वान गरे । प्रविधिको विकास गरी उत्पादन बढाउनमा महिलाका गीतले नै यसरी आह्वान ग¥यो …..

आधुनिक खेतीमा साथ,
न्यून गरौँ खाद्यान्न आयात

चितवनको रत्ननगरस्थित सौराहामा आज असार पन्ध्रका अवसरमा क्षेत्रीय होटल सङ्घको संयोजनमा ‘धान दिवस तथा रोपाइँ’ विशेष कार्यक्रम आयोजना भयो । ‘कृषि र पर्यटन सँगसँगै’ भन्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको थियो ।

यहाँका विभिन्न कृषक समूह तथा पर्यटनसँग सम्बन्धित ४० संस्थाको संयुक्त आयोजनामा भएको समारोहमा चितवनका प्रमुख जिल्ला अधिकारीसहित सरकारी अधिकारी, किसान र पर्यटकको सहभागिता थियो ।

यस्ता कार्यक्रमले सौराहामा मन्द भएको पर्यटन प्रवद्र्धन हुने विश्वास लिएको कार्यक्रम संयोजक भेषराज दुवाडी बताउनुहुन्छ । क्षेत्रीय होटल सङ्घका पूर्वअध्यक्ष हरिभक्त घिमिरेको करिब एक बिगाहा जमिनमा भएको रोपाइँ विशेष कार्यक्रमलाई बाजासहितको प्रस्तुतिले झनै रोमाञ्चक बनाएको थियो । पर्यटकसहित सहभागीहरु रोपाइँ उत्सवमा हिलो छ्यापाछ्याप गरेर दही चिउरा खाई असार १५ मा रमाए । चीनबाट नेपाल घुम्न आएकी जिङ ज्याङले रोपाइँ विशेष कार्यक्रम साह्रै रमाइलो लागेको बताउनुभयो । जिङसँगै चुली र जियाङ लिंङ पनि हिलोमा रमाउनुभयो ।

‘रियल्ली नाइस, आई इन्जोएड’ उहाँको प्रतिक्रिया थियो । उहाँहरुले नेपाल आएपछि नेपाली नामसमेत राख्नुभएको थियो । सिलीको नाम फूलुमायाँ, अर्कीको चुलुमायाँ र अर्की जियाङको नेपाली नाम दीलमायाँ । अरु पर्यटक पनि नेपाली किसानसँगै पहिलो पटक धान रोपे, गोरु साय, अनि हिलो खेलेर रमाए । अनि दौड प्रतियोगितामा रमाए । सबै क्रियाकलापमा सरिक भए । चितवनका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाशसिंह र प्रहरी प्रमुख वसन्तबहादुर कुँवर पनि । “धान दिवस पर्यटनसँग जोडिनु महत्वपूर्ण कुरा हो,” प्रजिअ सिंहले भन्नुभयो – “स्थानीयस्तरमा प्राङ्गारिक खेती उत्पादन गरेर कृषि पर्यटन विकास गर्नु आवश्यक छ ।”

रत्ननगर नगरपालिकाका प्रमुख काशीराज गैरे नगरपालिकाले कृषि र पर्यटन केन्द्रित विकासका कार्यक्रम ल्याएको भन्दै यस्ता कार्यक्रमले कृषिको विकास र पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

सौराहामा गरिएको उक्त कार्यक्रममा पर्यटन विकास समितिका महासचिव विश्व सुवेदीले यस्ता दिवस र महत्वपूर्ण संस्कृतिलाई छुट्टै क्यालेन्डर बनाएर कार्यक्रम गर्न सकिए पर्यटन विकासमा सहयोग पुग्ने प्रतिक्रिया दिनुभयो ।

“अब असार १५ मा धान दिवस भनेजस्तै मङ्सिरमा धान काट्ने दिवस देवनगरमा हुँदैछ, तोरी दिवस आगामी वर्ष चितवनमै मनाइँदै छ, धार्मिक दिवस देवघाटमा छ, लोपोन्मुख धानको सङ्ग्रहालय बनाउनु आवश्यक छ,” सुवेदीले भन्नुभयो – “यस्ता गतिविधिले पर्यटन विकासमा सहयोग पुग्छ ।” एक जना संरक्षणकर्मी वासु ढुङ्गाना जैविक तथा प्राङ्गारिक खेती आजको आवश्यकता भएको औँल्याउनुहुन्छ । उहाँले खेती प्रणालीलाई संरक्षण र पर्यटनसँगै जोडेर हेर्नुपर्नेमा जोड दिनुभयो ।

कृषि कार्यालय चितवनका प्रमुख सोमनाथ घिमिरेले प्राङ्गारिक खेती गरेर अघि बढे कृषि पर्यटनको विकास गर्ने सम्भावना चितवनमा रहेको बताउनुभयो ।

उहाँका अनुसार चितवनमा गएको वर्ष २९ हजार ४०० हेक्टरमा धानखेती भएको थियो । त्यसबाट एक लाख तीन हजार मेट्रिकटन धान उत्पादन भएको छ । रु ११ करोड २५ लाख बढीको धानको बीउ चितवनमा उत्पादन भएको छ । यो वर्षबाट धान रोप्ने मेसिनमा समेत अनुदानका कार्यक्रम सुरु भएको उहाँको भनाइ छ ।

जिल्ला कृषि विकास कार्यालय चितवनको आयोजनामा चितवनको वीरेन्द्रनगरमा आज रोपाइँ विशेष कार्यक्रम आयोजना गरिएको छ । देवनगरमा पनि रोपाइँ विशेष कार्यक्रम आयोजना गरिएको स्थानीय देवु लोहनीले जानकारी दिनुभयो ।

हिले दौड प्रतियोगिता

सौराहामा आज धान दिवसका अवसरमा हिले दौड प्रतियोगिता आयोजना गरिएको छ । क्षेत्रीय होटल सङ्घको संयोजनमा भएको प्रतियोगितामा पुरुषतर्फ श्रीराम शिलवाल र गोविन्द लुइँटेल प्रथम भएको कार्यक्रम संयोजक भेषराज दुवाडीले बताउनुभयो ।

यस्तै लभ सापकोटा दोस्रो भएका छन् । पर्यटन व्यवसायी सरकारी अधिकारी तथा पर्यटक गरी ५० भन्दा बढीको सहभागितामा भएको कार्यक्रममा महिलातर्फ लक्ष्मी थापा प्रथम र देवकी भट्ट दोस्रो भएको आयोजकले जनाएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter