न्यून चापीय रेखाको सक्रियताले मुलुकभर वर्षा

Rainfallकाठमाडौँ, १७ असार । मनसुन न्यून चापीय रेखाको प्रभावसँगै उच्च वायुमण्डलमा न्यून चापीय रेखा पश्चिमतर्पm केन्द्रित भएका कारण देशका अधिकांश भागमा बद्ली हुनुका साथै वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

न्यून चापीय रेखाको प्रभावसँगै बङ्गालको खाडीबाट आएको जलवास्पयुक्त हावाको गति केही बढेकाले मुलुकभर बद्लीसँगै वर्षात् भएको मौसमविद् सुवास रिमालले राससलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार मनसुन न्यून चापीय रेखा पश्चिम नेपालमा नजिक छ, भारतको पञ्जाब, हरियाणा र छत्तिसगढ हुँदै बङ्गालको खाडीसम्म गएको छ, उक्त मनसुन रेखा नेपालको पश्चिम क्षेत्रसँग केही नजिक हुँदा बढी वर्षात् भएको छ ।

आइतबारबाट केही कम हुने भए पनि मनसुन न्यून चापीय रेखा पुनःउत्तरतर्फ आउने भएकाले मनसुन केही दिन सक्रिय हुने मौसमविद् रिमालको भनाइ छ ।

मौसम पूर्वानुमान महाशाखाले जनाएअनुसार आज सबैभन्दा बढी भैरहवामा ९२, डडेलधुरामा ८२, सिमरामा ६९, धनगढीमा ३९ र सबैभन्दा कम जुम्ला र वीरेन्द्रनगरमा ३–३ मिलिमिटर वर्षात् भएको छ । काठमाडौँमा २३ मिलिमिटर वर्षात् भएको छ । यो वर्षको मनसुन सुरु भएयता बिहीबार सबैभन्दा धेरै ९५ प्रतिशत वर्षात् भएको थियो ।

आज काठमाडौँ उपत्यकाको अधिकतम २८.४ र न्यूनतम २१ डिग्री सेल्सियस रहेको महाशाखाले जनाएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter