सडक सुविधा पुगेपछि बिक्नै छाड्यो संस्थानको चामल

Riceसोलुखुम्बु, १९ असार । सात÷आठ वर्षअघिसम्म दिनहुँ चामल किन्न आउनेको भीड लाग्ने खाद्य संस्थान डिपो कार्यालय सल्लेरी आजभोलि सुनसान छ ।

सदरमुकाममा सडक सुविधा पुगेपछि खाद्यको चामल किन्न आउने सेवाग्राहीको चाप घटेको हो । । कार्यालयले चालु आवमा एक हजार ७०० क्विन्टल चामाल ढुवानी गरे पनि ४१ क्विन्टल मात्र बिक्री गरेको छ । खाद्य संस्थान डिपो कार्यालय सल्लेरीका प्रमुख शम्भु रेग्मीका अनुसार बिक्री गरिएको चामल होटल सञ्चालकले किनेका हुन् ।

सल्लेरी डिपोमा गत वर्ष ७२८ क्विन्टल चामल ढुवानी गरिएको थियो । “गोदाममा चामल मौज्दात छ, लिन कोही आउँदैनन्,” रेग्मीले भन्नुभयो ।

दुर्गममा रहेको सोताङ डिपोमा एक हजार ४०० क्विन्टल चामाल ढुवानी गरिएको छ । तर अहिलेसम्म यहाँ चामल किन्न कोही पनि आएका छैनन् । सो डिपोमा गत वर्ष पनि चामल बिक्री वितरण हुन सकेको थिएन । यस्तै लुक्लामा तीन हजार ५०० क्विन्टलमध्ये हालसम्म एक हजार १०४ क्विन्टल चामल बिक्री भएको छ ।

बजार मूल्यभन्दा खाद्य संस्थानको चामल महँगो भएका कारण बिक्री हुन नसकेको हो । संस्थानमा रहेको सोना मन्सुली चामालको मूल्य प्रतिकिलो रु ४२ रहेको छ भने सोही चामल बजारमा रु ३८ मा पाइन्छ । त्यस्तै संस्थानले जिरा मसिनो चामल प्रतिकिलो रु ६० मा बिक्री गर्छ भने बजारमा सो चामलको मूल्य रु ५६ पर्छ ।

“मूल्य समायोजनका लागि केन्द्रमा पहल गरेको छु,” रेग्मीले भन्नुभयो । यस्तै, बजारमा विभिन्न गुणस्तरका चामल उपलब्ध हुनु, व्यापारीले घरमै पु¥याइदिनु, उधारोमा पाइनुलगायतका कारण संस्थानको चामल बिक्री हुन नसकेको हो । गाउँ गाउँमा सडक सञ्जालको बिस्तारसँगै चामल सहज रुपमा उपलब्ध हुन थालेपछि उपभोक्ता चामल किन्न खाद्य संस्थानको कार्यालय जान छाडेका बताइएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter