माथिल्लो तामाकोसी निर्माण तीव्र

Karnaliकाठमाडौँ, १९ असार । भूकम्पका कारण समस्यामा परेको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको निर्माण अहिले तीव्र रुपमा भइरहेको छ ।

भूकम्पका कारण क्षतिग्रस्त काब्रेभिरमा जर्मनीबाट सुरुङ निर्माण गर्ने ब्रुमर मेसिन ल्याइएको छ । आयोजनाका प्रवक्ता गणेशप्रसाद न्यौपानेका अनुसार पहुँच मार्ग निर्माण गर्न सो मेसिनको प्रयोग भइरहेको छ ।

भूकम्पका कारण आयोजनास्थल प्रवेश गर्ने काब्रेभिरको सडक ध्वस्त भएको थियो । कडा चट्टान काटेर सडक निर्माण गर्नुभन्दा सुरुङ निर्माण गर्नु नै उपयुक्त हुने हुँदा सुरुङ निर्माण सुरु गरिएको हो । “ब्रमुर मेसिनको प्रयोगले केही दिनमै सुरुङ सम्पन्न हुन्छ भन्ने विश्वास छ,” उहाँले भन्नुभयो । रोड टनेल निर्माण गर्न समेत जर्मनीको ब्रुमर प्रयोग गरिएको थियो ।

उपप्रधानमन्त्री एवम् ऊर्जामन्त्री टोपबहादुर रायमाझी, व्यवस्थापिका–संसद् विकास समिति, कृषि तथा जलस्रोत समितिका सभापतिसहितको टोलीले हालै स्थलगत निरीक्षण गरी आयोजना अगाडि बढाउन निर्देशन दिएको थियो । काब्रेभिरमा सुरुङ निर्माणसँगै बाँधस्थल तथा अन्य भौतिक संरचनाको कामलाई समेत अगाडि बढाइएको छ । वीरगन्ज भन्सारमा थन्किएका सामग्री आयात सुरु गरिएको छ ।

नाकाबन्दीका कारण कोलकत्ता बन्दरगाह हुँदै वीरगन्ज भन्सार सामान आइपुग्न लामो समय लागेको थियो । बर्खा लागेपछि ट्रान्सफर्मर, पेनस्टक पाइपलगायत सामान आयात गर्न समस्या भएको प्रवक्ता न्यौपानेले बताउनुभयो । वन तथा भू–संरक्षण मन्त्रालय र राष्ट्रिय निकुन्ज विभागको स्वीकृतिपछि प्रसारण लाइनको कामले समेत गति लिएको छ ।

गोगरदेखि खिम्तीसम्म २२० केभी क्षमताको प्रसारण लाइनमध्ये ४५ वटा टावर निर्माण गरिएका छन् भने फाउन्डेसनको काम पनि अन्तिम चरणमा पुगेको छ । भूकम्प र भारतको अघोषित नाकाबन्दीका कारण समस्यामा परेको आयोजनालाई आव २०७४÷७५ भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter