‘आयोगको सिफारिस कार्यान्वयन भएन’

NHRCकाठमाडौँ, २० असार । राष्ट्रिय मानवअधिकार आयोगले न्यायका लागि सरकारलाई गरेको सिफारिस कार्यान्वयन नभएको गुनासो गरेको छ ।

राष्ट्रिय मानवअधिकार आयोगले यहाँ आज आयोजना गरेको ‘मानव अधिकार संरक्षणमा सञ्चारमाध्यमको भूमिका’ विषयक अन्तक्र्रियामा आयोगका प्रवक्ता मोहना अन्सारीले आयोगले न्यायका लागि सरकारलाई गरेको सिफारिस कार्यान्वयन नभएको गुनासो गर्नुभयो ।

मानवअधिकारको अवस्थाका बारेमा यथार्थ जानकारी बाहिर ल्याउनका लागि सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहने भन्दै प्रवक्ता अन्सारीले मानवअधिकार संरक्षणमा आयोग प्रतिबद्ध रहेको बताउनुभयो ।

आयोगका सचिव वेदप्रसाद भट्टराईले न्यायका लागि आयोगले सरकारलाई गरेको सिफारिस कार्यान्वयन पक्ष कमजोर हुँदा सही रुपमा पीडितले न्याय र पीडकले सजायबाट वञ्चित हुनुपरेको जानकारी गराउनुभयो । आयोगले भूकम्पपछि प्रभावित १४ जिल्लाको मानवअधिकारको अवस्थाबारे निरन्तर अनुगमन गरिरहेको र आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिने जनाएको छ ।

त्यस्तै, आयोगले मानव बेचबिखन, छुवाछुत, महिलामाथि हुने सबै खालका विभेद अन्त्यका लागिसमेत पहल निरन्तर क्रियाशील भइरहेको जनाएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter